स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

कमलामाइको भुत मेला

भुत मेला - The Times Of Nepal
सेयर गर्नुहोस


जनकपुर,धनुषा, कार्तिक २६ । कमला नदि किनारमा आज भुत मेला लागेको छ । अज कार्तिक एवं शुक्ल पुुर्णिमाको दिन तान्त्रिक शक्ति एवं सिद्धि प्राप्त हुने जन विश्वास सहित धामी झाक्री भाकल गर्दै कमला नदिमा पुगेर स्नान गर्ने गर्दछन् ।
यस अवसरमा प्रत्येक वर्ष आजका दिन धनुषा र सिरहाको सीमा समेत छुट्याउने पवित्र नदिको रुपमा रहेको कमला नदिको किनारमा भव्य भुत मेला आयोजन हुँदै आएको छ ।


कमला नदिनमा स्नान गर्न धनुषा, सिरहा, महोतरी, सप्तरी, उदयपुर र सिमावर्ति भारतको मधुवनी, दरभंगा, समस्तीपूर लगायत जिल्लाका हजारौ धामी झाक्री स्नान गर्न कमला नदीमा आउने गर्दछन् भने मेला हेर्न समेत हजारौको संख्यामा मानिसहरु आउने गर्दछन् ।

धामी झाक्रि बन्ने बिश्वासका साथ उनीहरु देउता खैल्दै कमला नदिमा स्नान गरेपछि कमलेस्वरी देबिले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वास रहेको बताइएको छ । 

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -