स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

नागरिकलाई सरकारी सुविधा बारे जानकारी दीन कुसुमखोलाका घरघरै बडापत्र

Public Notice, नागरिक बडापत्र - The Times Of Nepal
सेयर गर्नुहोस

पाल्पा, २६ कात्तिक  : रिब्दीकोट गाउँपालिकाले वडा नं ५, कुसुमखोलाको नागरिकका घरघरै नागरिक बडापत्र राखेको छ । सरकारी कार्यालय प्रवेशद्वार अघि नागरिक बडापत्र रहेको देखिएको भएपनि आफ्नो घरमा नै स्थानीय सरकारका सेवासम्बन्धी नागरिक बडापत्र राख्न आएपछि नागरिकले अनौठो मानेका छन् ।

गाउँपालिका, वडा र अन्य सरकारी सेवा प्रदायक निकायका सेवासम्बन्धी विषय नागरिक बडापत्रमा उल्लेख गरिएको छ । गाउँपालिकाभित्रका सरकारी कार्यालयका सेवा तथा सुविधा कसरी प्राप्त गर्ने भन्नेबारे बडापत्रले जानकारी दिनेछ । बडापत्र नागरिकका घरघरमा पुग्न थालेपछि घरमा बसीबसी सेवा तथा सुविधा कसरी उपयोग गर्ने विषयमा नागरिकबीच पनि छलफल हुन थालेको पाइन्छ । जिल्लामै पहिलो चरणमा रिब्दीकोट गाउँपालिका–५, कुसुमखोलाका नागरिकका घरमा नागरिक बडापत्र राखी कार्यान्वयनमा ल्याइएको हो ।

नौलो र पहिलो कार्यक्रमले वडामा मात्र होइन, जिल्लामा पनि चर्चा पाएको छ । “घरघरमा बडापत्र पु¥याउँदा नागरिकमा उत्साह थपिएको छ , त्यसमा पनि स्कूले बालबालिका झनै खुशी भएको प्रतिक्रिया आएको छ । नागरिक बडापत्रसम्बन्धी विद्यालयस्तरमा पठनपाठन हुँदो रहेछ”, वडाध्यक्ष कृष्ण थापाले भन्नुभयो, “वडाभित्रका ४२२ घरधुरीमा नागरिक बडापत्र राखिएको छ ।” गाउँपालिकाभित्रका सरकारी कार्यालयका सेवासुविधाका प्रकार, सेवा लिन लाग्ने समय, जिम्मेवार पदाधिकारी र आवश्यक कागजपत्र नागरिक बडापत्रमा उल्लेख गरिएकोे वडाध्यक्ष थापाले जानकारी दिनुभयो । नागरिक बडापत्र नागरिकका घरमा राख्ने चलन भने जिल्लामा पहिलो हो ।

स्थानीय सरकारबाट सम्पादन हुने सेवा छिटोछरितो रुपमा लिन सहयोगी बनेको स्थानीय समर गहतराजले बताउनुभयो । स्थानीय सरकारका सेवा लिन जाँदा के के कागजपत्र आवश्यक रहेको छ, कति समय खर्चिनुपर्ने र त्यसका लागि कुन पदाधिकारी भेट्दा काम हुन्छ भन्ने जानकारी बडापत्रमा रहेको गहतराजको भनाइ थियो । स्थानीय सरकारले नागरिकका घरमा बडापत्र राख्न थालेसँगै थप जवाफदेही बनाउन सहयोगी हुने र नागरिकमा सेवा प्रदायक निकायले कसरी सेवासुविधा दिइरहेका छन् जानकारी लिई काम छिटोछरितो गर्न सहज हुने स्थानीय बासिन्दाको दाबी छ ।

गाउँपालिकाका प्रशासकीय अधिकृत ऋषि अर्यालले गाउँपालिकाका प्रत्येक वडामा नागरिक बडापत्र पु¥याउने लक्ष्य रहेको बताउनुभयो । सोही अनुसार गाउँपालिकाले कुसुमखोलाबाट पहिलो चरणको कार्यक्रम थालनी गरेको अर्यालको भनाइ छ । झण्डै ७१ हजारको बजेटमा वडाले नागरिक बडापत्र प्रकाशन गरी नागरिकका घरमा पु¥याउन थालेको हो । गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले यस कामले नागरिकलाई सेवासुविधा प्रयोग गर्न सहज हुने बताउनुभयो ।

कतिपय मानिस आवश्यक कागजपत्र बिना गाउँपालिका, वडामा उपस्थित भई सेवा लिन खोज्दा समय बढी खर्च गर्नुपर्ने बाध्यता थियो । अब कागजपत्रसहित जिम्मेवार पदाधिकारीलाई सम्र्पक गरी सेवा लिँदा सहज र छिटो काम हुने आशा नागरिकमा पलाउन थालेको छ । कुखुमखोलामा ७०४ पुरुष र ९२० महिला रहेका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -