स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

गाँजा नष्ट गर्न अभियान शुरु

सेयर गर्नुहोस

 २६ कात्तिक : प्रदेश नं १ अन्तर्गतका विभिन्न जिल्लामा अवैधरूपमा लगाइएका तथा आफैँ उम्रिएका गाँजाका बोटलाई प्रहरीले फडानी गरी नष्ट गर्ने कार्य सोमबारदेखि शुरु गरेको छ ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशअन्तर्गतको धनकुटा, खोटाङ, भोजपुर, उदयपुर, सुनसरी र इलामका विभिन्न स्थानमा अवैधरूपमा लगाइएको तथा प्राकृतिकरूपमा आफँै उम्रिएका गाँजाका बोट फडानी गरी नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले शहीदभूमि, साँगुरीगढी र आँखिसल्लालगायतका क्षेत्रमा २०० रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको अवैध तथा आफँै उम्रिएका एक लाख ५० हजार गाँजाका बोट फडानी गरी नष्ट गरेको छ ।

यस्तै खोटाङ इलाका प्रहरी कार्यालय हलेसी र च्यास्मिटारबाट खटिएको प्रहरी टोलीले हलेसी तुवाचुङ नगरपालिका वडा नं १ र २ का डिकुवा, दाम्ली र बाँहुनीडाँंडालगायतका क्षेत्रमा लगाइएका पाँच हजार गाँजाका बोट फडानी गरी नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका–९ मुस्ताङ र थुम्की भन्ने स्थानमा ३२ रोपनी जग्गामा लगाइएको १२ हजार ५०० बोट गाँजा फडानी गरी नष्ट गरेको छ भने उदयपुरबाट खटिएको प्रहरी टोलीले कटारी तथा ताप्ली गाउँपालिकाका विभिन्न स्थानमा ४० रोपनी जग्गामा लगाइएका २५ हजार बोट गाँजा फडानी गरी नष्ट गरेको छ ।

सुनसरी देवानगञ्जबाट खटिएको प्रहरी टोलीले सोही गाउँपालिका वडा नं ६ मा लगाइएका करीब ३०० गाँजाका बोट फडानी गरी नष्ट गरेको छ भने प्रहरी चौकी जितपुर इलामबाट खटिएको प्रहरी टोलीले देउमाई नगरपालिकाका विभिन्न स्थानमा लगाइएको गाँजा फडानी गरी नष्ट गरेको छ ।

प्रदेशका विभिन्न जिल्लामा अवैधरूपमा गाँजाखेती गरेको पाइएकाले प्रदेश प्रहरी कार्यालयले विशेष रणनीतिअनुरुप कार्ययोजना बनाई विशेष अभियान नै सञ्चालन गरी गाँजा फडानी गर्ने कार्य गरेको बताइएको छ । प्रदेश प्रहरी कार्यालयले गाँजाका बोट ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरी फडानी गर्ने कार्य गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -