स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

सबै नेपालीको घरमा खानेपानीको व्यवस्था गर्न गुरुयोजना ल्याइने’

सेयर गर्नुहोस

 २५ कात्तिक : खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले देशैभरिको सबै स्थानीय तहसँगको सहकार्यमा खानेपानी र सरसफाइसम्बन्धी गुरुयोजना बनाउन लागेको बताउनुभएको छ ।

स्थानीयस्तरमा खानेपानी र सरसफाइ अधिकार नीतिगत आवश्यकता र चुनौतीसम्बन्धी आज बर्दिया सदरमुकाम गुलरियामा आयोजित अन्तक्र्रियामा उहाँले भन्नुभयो, “सबै नेपालीको घरमा खानेपानीको व्यवस्था गर्ने गरी गुरुयोजना बनाउन लागिएको हो ।”

उहाँले अल्पकालीन र दीर्घकालीनरुपमा खानपानीको समस्या हल गर्न सबै स्थानीय तह र प्रदेशलाई बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । खानेपानी अभाव भएको गाउँ, नगरमा खानेपानीको व्यवस्था गरी समस्या सामाधान गर्न कर्मचारीलाई सक्रियपूर्वक काम गर्न मन्त्रीले निर्देशन दिनुभयो । खानेपानीको लागि उपभोक्ता पनि सक्रिय हुनुपर्ने मन्त्री मगरको भनाइ छ ।

कार्यक्रममा प्रदेश नम्बर ५ को प्रदेशसभा सदस्य तिलक शर्माले गरीबका लागि सार्वजनिक खानेपानी टोलटोलमा पु¥याउन आवश्यकता रहेको बताउनुभयो ।

सङ्घीय सांसद तुलसी थापा र विमला विक तथा प्रदेशसभा सदस्य कुलप्रसाद केसी, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलगायतले पनि खानेपानीको समस्या समाधानका विषयमा मन्तव्य राख्नुभएको थियो । सो अवसरमा स्थानीय उपभोक्ताले वर्षौंदेखि आफूहरुले खानेपानीको समस्या झेल्दै आएको बताउँदै यसको समाधानका लागि खानेपानीमा पर्याप्त बजेट विनियोजन गर्न माग गर्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -