स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

राष्ट्रपतिद्वारा नानक जयन्तीको शुभकामना

President of Nepal - The Times Of Nepal - TON
सेयर गर्नुहोस

 २५ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले शिख धर्मावलम्बीहरूको विशेष पर्व गुरू नानक जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शिख धर्मावलम्बीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

नानक जयन्तीका अवसरमा आज दिनुभएको सन्देशमा राष्ट्रपति भण्डारीले समाजमा शान्ति, सद्भाव, धर्म रक्षा र मानव कल्याणका लागि सबै धर्महरूका बीचमा सद्भाव कायम राख्नका लागि गर्नुभएको मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले समाजमा विद्यमान जातीय विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता तथा भ्रातृत्व कायम गर्नुपर्ने गुरू नानकको सन्देशबमोजिम आ–आफ्नो स्थान र भूमिकाबाट योगदान पु¥याउन प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -