स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

President of Nepal - The Times Of Nepal - TON
सेयर गर्नुहोस

२५ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

राष्ट्रपति कार्यालय, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नेपालका लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्का, गणतन्त्र अर्जेन्टिना, बहराइन अधिराज्य र प्रजातान्त्रिक जनगणतन्त्र लाओसका राजदूतहरूले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

राष्ट्रपतिसमक्ष श्रीलङ्काका आवासीय राजदूत हिमाली सुभाषिनी डि सिल्भा अरुनतिलका, अर्जेन्टिना, बहराइन र लाओसका गैरआवासीय राजदूतहरू क्रमशः डानियल चुबुरु, अब्दुलरहमान मोहमद अहमद अल गौड र बौन्नेमी चौउनगोहमले आ–आफ्ना ओहोदाका प्रमाणपत्र पेश गर्नुभएको हो । समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -