स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएपछि चुनावी प्रचारमा तीव्रता

upanirbachan, election, Nepal - The Times Of Nepal
सेयर गर्नुहोस

कास्की क्षेत्र नं २ मा चुनावी प्रचारप्रसार तीव्र भएको छ । उम्मेदवारको अन्तिम नामावली आइतबार सार्वजनिक भएपछि चुनावी प्रचार प्रसारले तीव्रता लिएको हो । आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका उम्मेदवारहरु मतदातालाई आकर्षित पार्नका लागि घरदैलो अभियानलाई पहिलो प्राथमिकतामा राखेर प्रचार कार्यलाई अघि बढाएको देखिन्छ ।

उम्मेदवारहरु घरघरमा पुगेर मतदाताबीच आपूm सांसदमा निर्वाचित भएपछि जनताको सेवामा समर्पित भएर काम गर्ने र सदैव सुखदुःखमा साथ दिने प्रतिबद्धता प्रकट गरिरहेको देखिन्छन् । प्रायः सबै उम्मेदवारले पोखराको पर्यटकीय क्षेत्रका रुपमा अन्तर्राष्ट्रियस्तर पहिचानमा थप वृद्धि गर्ने, बेरोजगारी, सुकुम्वासी, नदी नियन्त्रण लगायतका समस्या समाधान गर्ने सम्बन्धमा मतदातासमक्ष वाचा गर्दै मत माग्ने कार्यमा जुटेको देखिन्छन् ।

निर्वाचनमा सहभागी भएका राजनीतिक दलका कार्यकर्ताहरु चुनावी घोषणापत्रबारे मतदातालाई जानकारी गराउनाका साथै पर्चा, पम्प्लेट वितरण कार्यमा जुटेका छन् । स्वतन्त्र पक्षका उम्मेदवारका कार्यकर्ता पनि आफ्ना उम्मेदवारलाई जिताउनका लागि प्रचारप्रसारमा जुटेका छन् । नेपाल कम्युनिष्ट पार्टी, नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, समाजवादी पार्टी लगायतका दलले चुनाव प्रचारप्रसार समिति गठन गरेका छन् । स्वतन्त्र उम्मेदवारले पनि चुनावी प्रचारप्रसारका लागि समिति गठन गरेका हुन् । कास्की क्षेत्र नं २ मा १० स्वतन्त्रसहित २१ जना चुनावी मैदानमा छन् ।

सोमध्ये चार महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टीबाट विद्या भट्टराई र राप्रपा संयुक्तबाट गङ्गा मल्ल हुनुहुन्छ भने स्वतन्त्र रुपमा लक्ष्मीकुमारी भुजेल र जमुना शर्मा हुनुहुन्छ । उम्मेदवारमध्ये सबैभन्दा पाको उमेरका काङ्ग्रेसका ७४ वर्षीय खेमराज पौडेल र कान्छो उम्मेदवारका रुपमा २६ वर्षीय सुनील भुसाल हुनुहुन्छ । उहाँ स्वतन्त्र रुपमा निर्वाचनमा सहभागी हुनुभएको छ । कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता छन् । पोखरा महानगरपालिकाको ११ वटा वडा मिलाएर बनेको सो निर्वाचन क्षेत्रअन्तर्गत–४, ७, ८, ९, ११, १५, १६,१७, २०, २१ र ३३ वडा पर्दछ ।–––

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -