स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

उपनिर्वाचन २०७६ : नेकपाका ११ वटै वडामा चुनाव परिचालन कार्यालय स्थापित

communist party of nepa - The Times Of Nepall -
सेयर गर्नुहोस

 २४ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा जनमत आफ्नो पक्षमा पार्न चुनावी प्रचार अभियानलाई तीव्र पारेको छ ।

नेकपाले उम्मेदवारसहित घरदैलो कार्यक्रमसँगै चुनाव प्रचारलाई व्यवस्थित र प्रभावकारी बनाउन २ नम्बर क्षेत्रमा पर्ने महानगरका ११ वटै वडामा चुनाव परिचालन कमिटीको कार्यालय स्थापना गरेको छ ।

पोखरा महानगरका वडा नं ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, ३३, मा चुनाव परिचालन वडा कमिटीको कार्यालय स्थापना गरेको नेकपा चुनाव प्रचारप्रचार उपसमितिका संयोजक त्रिभुवन पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान चुनाव हुने सबै वडामा चुनाव परिचालन कार्यालय स्थापना गरिएको हो । वडा कार्यालय स्थापनासँगै चुनावी प्रचार अभियान टोलटोलमा पुग्ने नेकपाले बताएको छ । नेकपाले चुनाव लक्षित गरेर गत कात्तिक २२ पोखरा सभागृहमा कार्यकर्ता प्रशिक्षण कार्यक्रलम गरिसकेको छ भने उम्मेदवार विद्या भट्टराई अधिकारीसहित वडा नं १५, ३३ मा घरदैलो कार्यक्रम पनि भएको छ । वडा नं २१ मा अहिले उम्मेदवार भट्टराईसहित घरदैलो कार्यक्रम भइरहेको छ ।

उम्मेदवार भट्टराईसहित नेकपा गण्डकीका सहइञ्चार्ज खगराज अधिकारी, पोखरा महानगर कमिटीका अध्यक्ष दीपक पौडेल लगायतका नेताहरु पनि घरदैलो कार्यक्रममा सहभागी छन् । वडा नं २० को भलाम र मौजामा पनि चुनाव परिचालन कमिटी स्थापना भएको छ । साविकका भलाम गाविस र मौजा गाविसको दुवै ठाउँमा चुनाव परिचालन कमिटीको कार्यालय स्थापना गरिएको हो ।

भलामको कार्यालयको महानगर कमिटीका सचिव विश्वकाप्रकाश लामिछाने र मौजा कार्यालयको साविक मौजा गाविसका पूर्वअध्यक्ष चित्रबहादुर गुरुङले उद्घाटन गर्नुभएको प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य श्रीराम सिग्देलले जानकारी दिनुभयो । रवीन्द्र अधिकारीले निर्वाचनमा ह्याट्रिक गरेको उक्त क्षेत्रमा त्यही विरासतलाई कायम गर्ने गरी नेकपा चुनावी प्रचार अभियानमा जुटेको हो ।

अधिकारीको फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएपछि हुन लागेको उपनिर्वाचनमा जितको मतान्तरलाई अझ बढाउने गरी चुनावी रणनीति बनाएर नेकपा चुनावमा होमिएको छ । उदीयमान नेता गुमाउनुको शोकलाई शक्तिमा बदलेर अधिकारीको अधुरो सपना पूरा गर्न उनको उत्तराधिकारीका रुपमा पत्नी विद्यालाई चुनावी मैदानमा उतारेर मतान्तरलाई १३ हजार पु¥याउने लक्ष्य लिएर चुनावी प्रचारमा जुटेको उम्मेदवार व्यवस्थापन उपसमितिका संयोजक धनराज आचार्यले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -