स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

यसरी मनाईयो जनकपुरधाममा ‘विद्यापति स्मृति पर्व’

‘विद्यापति स्मृति पर्व’ - The Times Of nepal
सेयर गर्नुहोस

जनकपुर,कार्तिक २४ । मैथिली भाषाका प्रसिद्ध साहित्यकार विद्यापतिको स्मरणमा जनकपुरधाममा ‘विद्यापति स्मृति पर्व’ मनाइएको छ ।

विद्यापति स्मारक संरक्षण समितिले आयोजना गरेको विद्यापति स्मृति पर्वको उद्घाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय उपसभापति विमलेन्द्र निधिले मैथिली भाषा साहित्यलाई समृद्ध गर्न विद्यापतिको तुलना नरहेको बताए ।निधिले जीवन, व्यवहारिक, सामाजिक प्रणाली सञ्चालनमा विद्यापतिको ठुलो भूमिका रहेको उल्लेख समेत गरे । ‘विद्यापतिद्वारा लिखित मैथिली साहित्यको मैथिली भाषीमात्र नभएर नेपाली साहित्यकार समेत प्रशंसक छन्,’ निधिले भने– ‘विद्यापतिले मैथिली भाषा संवद्र्धन र प्रवद्र्धनका लागि दिएको योगदानको तुलना गर्न सकिन्न ।’मैथिली साहित्यको लागि विद्यापतिको योगदान नेपाली साहित्यको लागि आदिकवि भानुभक्तले दिएको योगदान झैँ उनको योगदान समेत रहेको उनको भनाइ थियो ।

मैथिली भाषाको प्राचिन इतिहास रहेको भन्दै उपसभापति निधिले प्रदेश नम्बर २ को नामाकरण मिथिला र राजधानी जनकपुर हुनुपर्ने दोह¥याएका छन् ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामकृष्ण यादवले मैथिलीभाषाका कवि कोकिलका रुपमा चिनिएका विद्यापतिको स्मृति पर्व प्रदेश र स्थानीय सरकारले नमाउनु आपत्तिजनक रहेको बताए । विद्यापति कुनै वर्ग र समुदायभन्दा मैथिली भाषाको प्रतिष्ठित साहित्यकार रहेपनि प्रदेश र स्थानीय सरकारले महत्व नदिएको उनको गुनासो थियो ।

‘विद्यापति स्मृति पर्व’ - The Times Of nepal

संविधानको विरोध गर्दै सत्तासम्म पुगेका मधेश केन्द्रित दलहरु चुनाव हुनुपूर्व पुनः सोही नारा दिएर जनतामाझ पुग्ने निश्चित रहेको केन्द्रीय सदस्य यादवले बताए ।त्यस्तै प्रदेश नम्बर २ का नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले पहिचानको आन्दोलन गरेर सत्तामा पुगेको मधेश केन्द्रीत दलहरु मैथिली र मिथिलाको पहिचान अन्त्य गर्ने प्रपञ्चमा लागेको आरोप लगाए । मैथिली संस्कृति सबैभन्दा पुरानो र जनकपुर राजा जनकको प्राचिन राजधानी भएकोले पनि मिथिला बिना प्रदेश २ को नाम स्वीकार्य नहुने उनले बताए । प्रदेश २ को स्थायी राजधानी जनकपुर हुनेबारे केही दिनभित्रै निर्णय हुने उनले बताए ।विद्यापति स्मारक संरक्षण समितिका अध्यक्ष चन्द्रमोहन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विजय दत्त मणि, काशीकान्त झा लगायत आधा दर्जन कविहरुले मैथिली कविता वाचन गरेका थिए ।

त्यस्तै,मैथिली भाषाको महाकवि विद्यापतिको स्मृति दिवसको अवसरमा आज वीरगंजमा पनि महाकविको प्रतिमामा माल्यार्पण गरि सम्झिएको छ ।मैथिली साहित्य परिषद वीरगंज र पण्डित अमृतनाथ चिन्तन प्रतिष्ठानको आयोजनामा भएको माल्यार्पण कार्यक्रममा परिषदका अध्यक्ष महेश दासले महाकवि बिद्यापतिको काव्य कृतिहरु अहिले पनि समय सान्दर्भिक रहेकोले लोक जिवनमा उनी जिवित र अमर रहेको बताए । प्रदेश नम्बर २ को कामकाजी भाषा मैथिली र भोजपुरी दुबै हुनु पर्ने माँग गर्दै दुबै भाषाको उत्थान र श्रष्टाको सम्मान राज्यले गर्नु पर्ने माग गरे ।कार्यक्रममा प्रा. डा. वासुदेवलाल दासले बिद्यापतिको जीवनी र कृतीबारे चर्चा गर्दै बिद्यापति रचित गीत गाइएको थियो ।पण्डित अमृत नाथ चिन्तन प्रतिष्ठानको अध्यक्ष भगवान मिश्रले लोक जिवन एवं मिथिलाको हरेक संस्कार मा बिद्यापतिको गीत आइने गरेको र बिद्यापति देशकै नेपालमा प्रवास जीवन बिताएकाले भएकोले त्यसको अनुसन्धान र ती स्थान संरक्षण गर्नु पर्नेमा जोड दिए । स्मृति दिवसमा साहित्यकार र बुद्धिजीबीहरुको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -