स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

उपनिर्वाचन २०७६ : निष्पक्ष र धाँधलीरहित

upanirbachan, election, Nepal - The Times Of Nepal
सेयर गर्नुहोस

२४ कात्तिक : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचन निष्पक्ष र धाँधलीरहित हुने बताउनुभएको छ ।

खाँदबारीमा जिल्ला निर्वाचन कार्यालयले आज आयोजना गरेको विवाद निरुपणसम्बन्धी कार्यक्रममा थपलियाले विवादरहित र उपनिर्वाचन नमूनाको बनाउने दाबी गर्नुभयो ।

यसका लागि सबै तयारी सकिएको थपलियाको भनाइ छ । प्रमुख आयुक्त थपलियाले प्रचारप्रसारको अवधि योपटक घटाएको बताउँदै उहाँले प्रचार अवधि लम्बिँदा उम्मेदवार र निर्वाचन आयोगको खर्च बढ्ने भएकाले थोरै अवधिमा निर्वाचन गर्न लागेको बताउनुभयो । मकालु गाउँपालिकाका लागि अध्यक्ष र खाँदबारी नगरपालिका–३ का वडाध्यक्षका लागि मङ्सिर १४ मा उपनिर्वाचन हुँदैछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -