जनकपुरमा मोहम्मद पैगम्बरको जन्मदिनको अवसरमा विशाल शक्ति प्रदर्शन

जनकपुरमा मोहम्मद पैगम्बरको जन्मदिनको अवसरमा विशाल शक्ति प्रदर्शन


मोहम्मद पैगम्बरको जन्मदिन - The Times Of Nepal

जनकपुर,धनुषा : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मुस्लिम समुदायहरुले आज धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा शक्ति प्रदर्शन गरेको छ ।

विभिन्न गाउँबाट आएका मुस्लिम समुदायहरुले हिन्दुहरुको ऐतिहासिक धरोहर रंगभुमि मैदानबाट जुलुस निकालेको हो । जुलुसमा हजारौंसंख्याको मुस्लिम समुदायको सहभागीता रहेको थियो ।

Advertisement

मोहम्मद पैगम्बरको जन्मदिन - The Times Of Nepal

उक्त जुलुसमा प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादब र जनकपुरधामका उपमहा नगरपालिकाका मेयर लालकिशोर साह समेत सहभागी जनाएका थिए । प्रदेश २ सरकारले मो। पैगम्बरको जन्म दिनको अवसरमा आज सार्वजनिक विदा समेत दिएको छ ।

kishan shah
-किशन साह

जनकपुर,धनुषा

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?