स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

जनकपुरमा प्रधामन्त्री मोदीसँगै प्रम ओलीको पुत्ला दहन

मोदीसँगै प्रम ओलीको पुत्ला दहन - The Times Of Nepal
सेयर गर्नुहोस


जनकपुर,धनुषा : देश भक्त जनगणतान्त्रिक मोर्चा नेपालले जनकपुरमा प्रधामन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ । मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी निकट संगठन जनगणतान्त्रिक मोर्चा धनुषाले आइतबार दिउँसो जनकपुरको जनकचोकमो दुवै देशका प्रधानमन्त्रीको पुत्ला जलाएको हो ।

भारतले नेपालको भूभाग आफ्नो नक्सामा समेटेको र देशका प्रधामन्त्री चुप लागेर बसेको बिरोधमा ओली र मोदीको पुत्ला जलाएको जन गणतान्त्रिक मोर्चा धनुषाका अध्यक्ष नन्दकुमार झाले बताए ।

पुत्ला दहन कार्यक्रममा मिथिला राज्य समिति सदस्य कमल नरायण चौधरी, नेकपा माओवादी क्रान्तिकारी धनुषाका सेक्रेटरी सितल कर्ण लगायत अन्य व्यक्तिहरुको पनि सहभागिता थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -