स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

चिनीयाँ सरकारले उपलव्ध गराएको केवल बेरियरले दुई ट्रक जोगायो

सेयर गर्नुहोस

चितवन, २४ कात्तिक : नारायणगढ–मुग्लिन सडक खण्डको पाँच किलो र मुग्लिन नजिकै चिनीयाँ सहयोगमा सडक सुरक्षाका लागि परीक्षणका रुपमा जडान गरिएको केवल बेरियरले दुई मालबाहक ट्रक जोगाएको छ ।

चिनीयाँ सरकारले निःशुल्करुपमा उपलव्ध गराएको ५०० मिटर केवल पर्यटन व्यवसायी मिङ्मा दोर्जे लामाले भन्सार, ढुवानी र जडान गरिदिनुभएको थियो । सो सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार परीक्षणका रुपमा २०७५ साउनमा पाँच किलोमा ३०० मिटर र मुग्लिन नजिकै २०० मिटर केवल बेरियर लगाइएको छ । पाँच किलोमा गत माघमा ३५ टन भार भएको नेपाली ट्रक ठोक्किएर नदीमा खस्नबाट बचेको थियो ।

दुईदिन अघि सोही हाराहारी भार बोकेको भारतीय ट्रक मुग्लिन नजिकै केवलमा ठोक्किएर नदीमा खस्नबाट रोकिएको खनालले बताउनुभयो । भारवाहन ट्रकको तुलनामा यात्रुबाहक बसको भार कम हुने भएकाले केवल प्रभावकारी देखिएको उहाँले जानकारी दिनुभयो । नेपालका यस्ता सडकमा यो केवलले दुर्घटनाबाट जोगाउन सक्ने देखिएको खनालको भनाइ थियो । सुरक्षित देखिएपछि नेपालका अन्य यस्ता सडकमा पनि केवल प्रस्ताव गरिएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डमा बार कम्जोर हुँदा वर्षेनी धेरै सङ्ख्यामा सवारी साधन त्रिशूलीमा खस्ने गरेका छन् । सो सडकको विस्तारका क्रममा परीक्षणका रुपमा केवल जडान गरिएको हो । सो केवलबाट प्रभावित भएर पर्यटन व्यवसायी शेर्पाले करिव रु १५ लाख सहयोग गर्नुभएको थियो । एक मिटर अग्लो पोष्टमा पाँच लाइन केवल तन्काएर जडान गरिएको छ । साना सवारीसाधन ठोक्किएको अवस्थामा सो सवारीसाधन भने पछाडि धकेलिने छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -