स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

आठ लाख ठगी गर्ने राई पक्राउ

trending news, latest news, hotnews, popular news, criminal case, corruption search, crime
सेयर गर्नुहोस

नेपाल प्रहरीले जर्जिया पठाइदिने भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारको सिलसिलामा जर्जिया पठाइदिन्छु भनी रु आठ लाख ५० हजार ठगी गर्ने दोलखाका रामकृष्ण राईलाई बिहीबार मोरङबाट पक्राउ गरी काठमाडौँ ल्याएर आज सार्वजनिक गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जर्जियामा ‘क्लिनर्स’मा जागिर लगाइदिने र उक्त कम्पनीले मासिक रु ९० हजार तलब र खान बस्ने सुविधा दिने भनी प्रलोभनमा पारेर ठगी गरेकाले राईलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

“पक्राउ व्यक्तिले राजन राईसँग रु तीन लाख ५० हजार र ईन्द्र लिम्बूबाट रु पाँच लाख लिई ठगी गरेको अनुसन्धानमा खुल्न आएको छ”, उहाँले भन्नुभयो । पक्राउ परेका व्यक्तिले अरु व्यक्तिसँग पनि ठगी गरेको फेला परेको छ । महाशाखाले पक्राउ व्यक्तिसँग आवश्यक अनुसन्धान गरिरहेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -