स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

राष्ट्रिय पूँजी निर्माणमा सहकारीको भूमिका महत्वपूर्ण

Latest Nepal News - The Times Of Nepal provides latest news from Nepal and the world. Get all exclusive Breaking News Nepal, current headlines, live news, including hot topics, latest breaking news on business, sports, world and entertainment., karnali pardes,karnali province
सेयर गर्नुहोस

२२ कात्तिक : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय पूँजी निर्माणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयद्वारा आज आयोजित प्रादेशिक गोष्ठीको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश सरकारले कृषिक्षेत्रलाई उच्च प्राथमिकतामा राखी औद्योगीकरण, औजारीकरण, गरीबी निवारण र रोजगार प्रदान गरी जनताको मुहारमा मुस्कान ल्याउन सहकारीले योगदान पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

सबै क्षेत्रलाई समेटर प्रदेश सरकारले आवधिक पञ्चवर्षीय योजना सार्वजनिक गरेको स्मरण गराउँदै उहाँले प्रदेशको विकासका लागि ल्याइएका परियोजना केन्द्रबाट स्वीकृत प्राप्त भएपछि गरिने लगानी सम्मेलनमा सहकारीलाई जोडिने जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले विश्वासिलो र परभर्दो सहकारीलाई विकास र समृद्धको यात्रामा जोड्न प्रदेश सहकारी ऐन प्रभावकारी हुने र यसमा रहेको कमीकमजोरी सुधारका लागि आवश्यक सुझावका लागि आग्रह गर्नुभयो । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिका लागि तीनै तहको सरकारबीचको सहकार्य हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय सहकारी महासङ्घका उपाध्यक्ष एवं सांसद ओमदेवी मल्ल र प्रदेशसभा सदस्य सर्वध्वज साँवाले नेपाली सहकारी आन्दोलन विश्वस्तरीय रहेको बताउँदै उद्योग र उत्पादनमा पूँजीको परिचालन आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष एवं पूर्वमन्त्री केशव वडालले सहकारीको मूल्य, मान्यता र आचारसंहितालाई अङ्गिकार गरी जनताको आर्थिक उन्नति र मुलुकको समृद्ध कायम राख्न सबैसँग आग्रह गर्नुभयो । मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सहकारीको सहयात्राबाट मुलुकमा गरीबी निवारण सम्भव रहेको औँल्याउनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने उक्त प्रदेशस्तरीय गोष्ठीमा सहभागी १३७ स्थानीय निकायका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृत, सहकारी सङ्घसंस्थाका प्रतिनिधिले रोजगारी सिर्जना, गरीबी निवारण, कृषिको आधुनिकीकरण, आयात प्रतिस्थापन उद्योग स्थापना, सहकारी ऐनमा रहेको बाधा अड्चन फुकाउ आदि सम्बन्धमा गहन छलफल गर्नुहुनेछ ।

मुलुकको ७७ जिल्लामा ३५ हजार सहकारी संस्थामा ६५ लाख सदस्यमध्ये ५२ प्रतिशत सदस्य महिला रहेका छन् । नेपालमा रहेका सहकारीले वार्षिक सात खर्ब कारोवार गर्ने गरेको छ । यसैगरी प्रदेश नं १ मा पाँच हजार १४१ सहकारीले वार्षिक रु ७० अर्ब करोवार गर्ने गरेका छन् भने नौ हजारलाई रोजागारी उपलब्ध गराउँदै आउँदै आएको छ ।

राष्ट्रिय सहकारी महासङ्घका उपाध्यक्ष एवं सांसद ओमदेवी मल्ल र प्रदेशसभा सदस्य सर्वध्वज साँवाले नेपाली सहकारी आन्दोलन विश्वस्तरीय रहेको बताउँदै उद्योग र उत्पादनमा पूँजीको परिचालन आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष एवं पूर्वमन्त्री केशव वडालले सहकारीको मूल्य, मान्यता र आचारसंहितालाई अङ्गिकार गरी जनताको आर्थिक उन्नति र मुलुकको समृद्ध कायम राख्न सबैसँग आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सहकारीको सहयात्राबाट मुलुकमा गरीबी निवारण सम्भव रहेको औँल्याउनुभयो । दुई दिनसम्म सञ्चालन हुने उक्त प्रदेशस्तरीय गोष्ठीमा सहभागी १३७ स्थानीय निकायका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृत, सहकारी सङ्घसंस्थाका प्रतिनिधिले रोजगारी सिर्जना, गरीबी निवारण, कृषिको आधुनिकीकरण, आयात प्रतिस्थापन उद्योग स्थापना, सहकारी ऐनमा रहेको बाधा अड्चन फुकाउ आदि सम्बन्धमा गहन छलफल गर्नुहुनेछ ।

मुलुकको ७७ जिल्लामा ३५ हजार सहकारी संस्थामा ६५ लाख सदस्यमध्ये ५२ प्रतिशत सदस्य महिला रहेका छन् । नेपालमा रहेका सहकारीले वार्षिक सात खर्ब कारोवार गर्ने गरेको छ । यसैगरी प्रदेश नं १ मा पाँच हजार १४१ सहकारीले वार्षिक रु ७० अर्ब करोवार गर्ने गरेका छन् भने नौ हजारलाई रोजागारी उपलब्ध गराउँदै आउँदै आएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -