प्रदेश राजधानीको टुङ्गो चाँडै लगाइने– मुख्यमन्त्री

प्रदेश राजधानीको टुङ्गो चाँडै लगाइने– मुख्यमन्त्री


प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नामाकरण र राजधानी सहमतिमै चाँडैनै टुङ्गो लगाइने बताउनुभएको छ ।

सिन्धुपाल्चोकको लामोसाँघुस्थित सेतीदेवी शारदा माविको नवनिर्मित भवनको आज हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री पौडेलले अबको विकास गुणस्तरीय र रोजगारीमुलक हुनुपर्ने र त्यसको लागि प्रत्येक पालिकामा एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने नीति रहेको बताउनुभयो । अवको दुई वर्षमा देशले काँचुली फेर्ने दाबी गर्दै मुख्यमन्त्री पौडेलले त्यसको लागि ‘समृद्ध नेपाल र सुखी नेपाली’को महाअभियानमा लाग्न सबैलाई आग्रह समेत गर्नुभयो ।

Advertisement

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत, प्रदेश ३ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल, प्रदेशसभा सदस्य सुरेश नेपाललगायतले मन्तव्य राख्नुभएको थियो ।

विसं २०७२ को भूकम्पले क्षति पु¥याएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु ६ करोड ४६ लाख ६१ हजारमा सुविधा सम्पन्न १८ कोठे विद्यालय भवनको पुनःनिर्माण गरिएको हो

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?