स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

भूकम्पबाट क्षति पुगेका घरमध्ये चार हजार दुई सय पाँच घर बने

सेयर गर्नुहोस

२२ कात्तिक :भूकम्पबाट क्षति पुगेका घरमध्ये चार हजार २०५ घरको निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनले दिएको जानकारीअनुसार जिल्लामा हालसम्म ६३ प्रतिशत घर बनेका हुन् ।

जिल्लामा रहेका सात हजार ३३५ लाभग्राहीमध्ये चार हजार २०५ जनाले आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ता बापतको रकमसमेत लगिसकेको कार्यालयका इन्जिनीयर सुभाष न्यौपानेले जानकारी दिनुभयो ।

लाभग्राहीमध्ये ६ हजार ६२९ जनाले पहिलो किस्ता लगेका थिए । न्यौपानेका अनुसार दोस्रो किस्ता पाँच हजार २५३ जनाले प्राप्त गरेका छन् । भूकम्प प्रभावितहरुले आवास निर्माणका लागि पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ताबापत रु एक लाख ५० हजार र तेस्रो किस्ताबापत रु एक लाख प्राप्त गर्ने छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -