स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

नक्सामा राख्दैमा नेपाली भूमि गुम्दैन : मुख्यमन्त्री भट्ट

सेयर गर्नुहोस

२१ कात्तिक : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको भूमि भारतले आफ्नो नक्सामा राख्दैमा भारतको नहुने बताउनुभएको छ ।

धनगढीस्थित आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी सत्तारुढ दल नेकपा निकट राष्ट्रिय युवा सङ्गठन र अनेरास्ववियुले भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि राखेकाले फिर्ताका निम्ति पहल गरिनुपर्ने माग गरेको थियो ।

ज्ञापनपत्र बुझ्दै उहाँले नक्सामा राख्दैमा नेपाली भूमि नगुम्ने आश्वासन दिनुभयो । मुख्यमन्त्री भट्टले कुनै पनि सार्वभौम देशको भूमिलाई भारतले आफ्नो नक्सामा राखेर गलत गरेको उल्लेख गर्नुभयो ।

उहाँले सुदूरपश्चिम प्रदेशकै भूगोल भारतीय नक्सामा देखिएकाले उक्त विषयलाई टुङ्गोमा पु¥याउनका लागि हामी सङ्घीय सरकारसँग आग्रह गरिरहेको जानकारी दिनुभयो । युवा र विद्यार्थी सङ्गठनले स्वतन्त्र र सार्वभौम देश नेपाललाई निरन्तर हेप्ने, राष्ट्रियतामाथि खेलवाड गर्ने कार्य भारतबाट हुँदै आएकाले नियन्त्रणमा सरकार गम्भीर हुनुपर्ने माग राखेका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -