स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

जयनगर-जनकपुर-कुर्था रेल्वे सञ्चालन नहुँदै चर्कियो स्टेशनको पर्खाल

Janakpur Dham, janakpur railway station - The Times Of Nepal
सेयर गर्नुहोस

जनकपुरधाम, कार्तिक २१ । लामो समय देखि प्रतिक्षारत जयनगर–जनकपुर–कुर्था रेल्वे सेवा सञ्चालनमा नआउँदा यहाँका स्थानियहरुको आशा निराशामा परिणत हुँदैगएको छ । लीक निर्माण लगायत भौतिक निर्माणको सम्पूर्ण कार्य भएपनि रेल्वे सञ्चालन हुन सकेको छैन् । शुरुमा मंसिर महिनामा विवाह पञ्चमीको अवसरमा रेल सेवाको शुभारम्भ गर्ने चर्चा चलेपछि स्थानियहरुमा खुसीको लहर आएको थियो । तर त्यो आशा निराशामा परिणत भयो । सम्पूर्ण भौतिक निर्माणको कार्य करिब पुरा भएपनि रेलको ईन्जिन नकिनिएको कारण रेल्वे सञ्चालनमा आउन सकेको छैन् । रेल्वे चल्ने कि नचल्ने यसमा पनि स्थानियबासीहरुले शंका गर्न थालेको छ ।

आफुहरुको शुलभ मार्गको रुपमा रेल्वे मार्ग भएपनि करिब ७ वर्ष देखि बन्द भएपछि आवत जावत गर्न विभिन्न प्रकारको कठिनाई भईरहेको जनकनन्दिनी गाउँपालिका खजुरीका शोहन मण्डलले बताए । उनले भने, “रेल्वेको भौतिक निर्माणको सम्पूर्ण काम सकेपछि आफुहरुमा खुशीयालि आएको थियो तर निर्माण सम्पन्न भएपनि रेल्वे सञ्चालन नहुनुले आफुहरुमा निराशा उत्पन्न हुन थालेको छ ।”

Janakpur Dham - The Times Of Nepal

त्यस्तै जनकपुरधाममा व्यापार गर्दै आएका गुड्डू हाथीका अनुसार जनकपुर–जयनगर रेल्वे बन्द भएपछि आफुहरुलाईृ भारतबाट सामानहरु ल्याउनमा विभिन्न बाधा अवरोध पश्चात यहाँ सम्म ल्याउन सकिरहेको बताए । उनले भने, “पहिले रेल चल्दा समानलाई बढि ठाउँमा झार्नु पर्दैनथयो  तर अहिले रेल बन्द भएपछि सडक मार्गबाट ल्याउँदा विभिन्न ठाउँमा सामान झार्नुपर्छ र यसमा समय बढि लाग्ने गरेको छ ।”


भारत सरकारको सहयोगमा तिन चरणमा रेल्वेको निर्माण कार्य हुँदै छ । पहिलो चरणमा जयनगर–कुर्था ३४ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १८ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिबास सम्म १७ किलोमिटर हुँदैछ । तर पहिलो चरणको सम्पूर्ण कार्य भएपनि रेल्वे सञ्चालनमा नआएपछि स्थानियहरुमा निराशा छाएको छ । भारी बर्षाको कारण अहिले रेल्वेको लिक समेत भासिएको छ । धनुषाको पूर्वि क्षेत्र परवाहामा करिब ६०–७० मिटर लिकलाई पानीले बगाएपछि रेल्वे चल्नेको समय लम्बिने भएको ।

सञ्चालन हुनु अगावै चर्कियो स्टेशनको पर्खाल

Janakpur Dham, janakpur railway station - The Times Of Nepal

रेल्वेको स्टेशन तथा हल्टहरुको गुणस्तरिय काम भएको देखिएको छ । सञ्चालन हुनु अगावै निर्माणधिन जयनगर–जनकपुर–कुर्था स्टेशनहरुमा चिरा लाग्न थालेको छ । जनकपुरधाममा रहेको रेल्वे स्टेशनको पर्खालहरुमा चिरा लाग्न थालेको छ । रेल्वे सञ्चालन कहिलेदेखि हुने तय नभएकै समय विना कुनै प्रयोगको स्टेशनको पर्खालहरुमा चिरा पर्न थालेको छ । अहिले नै स्टेशनको पर्खालहरुको यस्तो अवस्था भएपछि यसको गुणस्तरियतामा प्रश्न उठेको छ ।
स्टेशन निर्माण कार्य गुणस्तरहिन रहेको प्रश्नमा नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इन्जिनियर विनोदकुमार ओझाका अनुसार रेल्वेको सम्पूर्ण भौतिक निर्माणको जिम्मा भारत सरकारको रहेकोले यसमा आफुलाई केहि जानकारी नरहेको बताए । भारत सरकारकले ५ सय ४८ करोड भारतीय रुपैयाको लागतमा ब्रोडगेज रेलको निर्माणको कार्य गरेको छ । २०१० देखि ब्रोडगेज रेल्वेको निमार्ण शुरु गरिएको छ ।

नेपाल रेल्वेको इतिहास


विक्रम सम्वत् १९९४ सालमा तत्कालीन ब्रिटिस शासकले महोत्तरी जंगलबाट सखुवाको गोलिया काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किलोमिटर सञ्चालनमा रहेको थियो ।
तर, २०५९ सालमा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भएयता रेल सेवा जनकपुरदेखि जयनगर २९ किलोमिटरमा सीमित हुन पुगेको थियो । जनकपुर–जयनगरका लागि दैनिक ३ सेवा सञ्चालन हुने गरेका थिए । शुरूमा इन्धनको रूपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेल विक्रम सम्वत् २०१८ सालदेखि यात्रु ओसारपसार कार्यको थालनी गरेको थियो ।
२०२१ सालसम्म नेपाल यातायात संस्थानको एउटा शाखाको रुपमा थियो जनकपुर रेल्वे । २०५१ सालदेखि भारत सरकारको सहयोगमा १८ बोगीसहित ४ वटा डिजेल पावर इन्जिन प्राप्त भएपछि आधुनिक रेल सेवा सञ्चालन भएको थियो । रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले २०२१ सालमा नेपाल यातायात संस्थान अन्तर्गत राखियो ।

Railway


२०२५ सालमा सरकारले यसको नाम जनकपुर–जयनगर रेल्वे राख्यो । रेल्वेको पहिलो प्रबन्धकको रूपमा टेकजंग थापा नियुक्त भएका थिए । २०५८ मंसिर मसान्तमा यातायात संस्थान विघटन भयो र २०६१ जेठ १८ गते रेल्वे सेवालाई नेपाल रेल कम्पनीको रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएपछि जनकपुर–जयनगर रेल्वे नेपाल रेल्वेको रूपमा हालसम्म चिनिएको छ ।
श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत रहेको रेल्वे सेवालाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत रेल विभाग गठन भएपछि त्यसले हेर्दै आएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -