स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई विमान स्थलमा भव्य स्वागत

प्रदेश २ का नव नियुक्त प्रदेश प्रमुख तिलक परियार
सेयर गर्नुहोस

जनकपुर , २० कात्तिक : प्रदेश २ का नव नियुक्त प्रदेश प्रमुख तिलक परियार जनकपुर आइपुगेका छन् । मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका प्रदेश प्रमुख परियार बुधबार बिहान  काठमाण्डौंबाट जनकपुर आएका हुन् ।

उनलाई जनकपुरमा भव्य स्वागत गरिएको छ । जनकपुर बिमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् ।

प्रदेश २ का नव नियुक्त प्रदेश प्रमुख तिलक परियार

एयरपोर्टको भिआईपी कक्षमा काठमाण्डौं जान लागेका उप–प्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले समेत स्वागत गरे । उनले मिथिला नगरीमा प्रदेश प्रमुख बनेर आएकोमा बधाई दिदै स्वागत गरे ।

स्वागत गर्न प्रदेश २ का मुख्यसचिव दिपक सुवेदी, प्रदेश प्रहरी प्रमुख प्रद्युमन कार्की, प्रदेश २ का प्रदेश प्रदेशसभा सदस्यहरुले स्वागत गरेका थिए । प्रदेश प्रमुख परियारको स्वागतमा स्थानीय तहका जनप्रतिनिधि सहित नेकपाका कार्यकर्ताहरुको बाक्लो भिड लागेको थियो ।

उनले आजै आफ्नो पदभार ग्रहण गरेका छन् । मधेश भवन भित्र रहेको प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरका हुन् । उनलाई भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल,समाजिक बिकास मंत्रीले समेत स्वागत गरेका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -