स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका ४३ जना अस्थायी शिक्षक पक्राउ

मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका ४३ जना अस्थायी शिक्षक पक्राउ
सेयर गर्नुहोस


जनकपुर,धनुषा, १९ कात्तिक : आफ्ना मागप्रति प्रदेश सरकार बेवास्ता गरेको भन्दै प्रदेश २ को जनकपुरधाम स्थित मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका ४३ जना अस्थायी शिक्षक पक्राउ परेका छन् ।

मंगलबार बिहान ११ बजे मुख्यमन्त्री कार्यालय अगाडी पुगेर कर्मचारीलाई भित्र छिर्न नदिने गरी धर्ना तथा तालाबन्दी गर्न खोजेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका ४३ जना अस्थायी शिक्षक पक्राउ

पक्राउ पर्नेमा प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका अस्थायी शिक्षक संघर्ष समितिका संयोजक धर्मेन्द्र यादवसहित ४३ अस्थायी शिक्षक पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा ३० जना पुरुष र १३ जना महिला छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको जनाएको छ ।

मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका ४३ जना अस्थायी शिक्षक पक्राउ

अस्थाई शिक्षकहरुलाई निरन्तर काममा फर्काउनुपर्ने माँग गर्दै उनीहरुले सोमबार दिउँसो मुख्यमन्त्री कार्यालय अगाडी आधा घण्टा चक्काजाम समेत गरेका थिए ।
यथाशिघ्र अस्थाई शिक्षकहरुको माग पुरा नभए कडा संघर्ष गर्ने शिक्षकहरुले चेतावनी दिँदै आएका छन् ।

देशभरमा मात्र एक प्रतिशत मधेशी शिक्षकहरु अस्थाई भएकाले षड्यन्त्रपूर्वक सरकारले विभेद गर्दै विगतका सम्झौताहरु मिचेर नयाँ विधेयक लागु गरेको आन्दोलनरत्त शिक्षकहरुले बताएका छन् । -किशन साह

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -