स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

प्रभावकारी बन्दै कम्प्युटर शिक्षा

computer - The Times Of Nepal
सेयर गर्नुहोस

प्राविधिक ज्ञान तथा त्यसको व्यावहारिक उपयोगका बारेमा कपिलवस्तुका केही युवाले शुरु गरेको कम्प्युटर शिक्षा प्रभावकारी हुन थालेको छ ।

राइट स्टेप कम्प्युटर एजुकेशन एकेडेमीले कपिलवस्तुबाट झण्डै नौ वर्षअघि शुरु गरेको कम्प्युटर साक्षरता अभियान कम्प्युटर शिक्षा सिकाउने उद्देश्यले विसं २०६८ मा स्थापना गरेको थियो ।

बुद्धजन्मस्थल लुम्बिनीका बालबालिका तथा विद्यार्थीलाई कम्प्युटर शिक्षामा साक्षर बनाउने भन्दै लुम्बिनीमा आज अभियानको शुभारम्भ गरिएको छ ।

सो अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भन्ते मेत्तेय) र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले संयुक्त रुपमा अभियानको शुभारम्भ गर्नुभयो । उक्त अवसरमा उहाँहरुले कम्प्युटर शिक्षालाई सर्वसुलभ बनाएर विस्तार गरेकामा अभियानकर्ताको प्रशंसा गर्नुभयो । ‘सबैका लागि सर्वसुलभ र निःशुल्क कम्प्युटर शिक्षा अभियान’ भन्ने नाराले आफूहरुलाई आकर्षित गरेको भन्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष त्रिपाठीले अभियानका सबैले सहकार्य गर्नुपर्ने बताउनुभयो ।

कपिलवस्तुदेखि जुम्ला, कालीकोट, कञ्चनपुरसहित ४० जिल्लामा कम्प्युटर कोर्ष (पिडिआइसिए) सञ्चालन गरी त्यहाँका विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गरिँदै आएको अभियानका संस्थापक अध्यक्ष तथा अगुवा दीपेन्द्र शर्मा पौडेलले बताउनुभयो । ती जिल्लाका झण्डै ७० सूचीकृत कम्प्युटर इन्ष्टिच्यूटमार्फत् अभियान सञ्चालन गर्दै आएको अगुवा उहाँले जानकारी दिनुभयो ।

एक वर्षे प्रोफेस्नल डिप्लोमा इन कम्प्युटर एप्लिकेटियो कोर्षमा अहिले एकै साथ करीब २० हजार भन्दा धेरै विद्यार्थीले कम्प्युटर शिक्षा लिइरहेका बताइएको छ । विद्यार्थीलाई कम्प्युटर सम्बन्धी एक वर्षे कोर्षमा सामान्य कार्यालय प्रायोजनमा आउने कम्प्युटरका विभिन्न साधारण प्रोगामदेखि हार्डवेयर सम्मको कोर्ष पढाइ भइरहेको छ । सोही अवसरमा लुम्बिनी विकास कोषले अभियानमा सहकार्य गर्ने भन्दै केही थान कम्प्युटरसमेत प्रदान गरेको थियो । लुम्बिनी क्षेत्रकै बालबालिकाले अध्ययान गर्ने र लुम्बिनीमै अभियानको केन्द्र बनाएकाले सहकार्य गरेको कोषका निमित्त सदस्य सचिव इञ्जिनीयर सरोज भट्टराईले बताउनुभयो ।

संस्थाले अभियानमा सहकार्य गर्ने र सहयोग पु¥याउने संस्था तथा विभिन्न व्यक्तिलाई सम्मानसमेत गरेको थियो । अपाङ्ग र जेहेन्दारलाई निःशुल्क कम्प्युटर शिक्षा कम्प्युटर शिक्षा लिन चाहेका तर, आर्थिक अभाव भएका विद्यार्थीलाई सम्बन्धित सरकारी निकायको सिफारिसमा सो अभियानले निःशुल्क शिक्षासमेत प्रदान गर्दै आएको छ । जेहेन्दारलाई सहुलियत रुपमासमेत अध्यापन गराइँदै आएको अभियानकर्ताले जनाएका छन् ।

सो संस्थालाई नेपाल सरकारले सूचीकृत गर्दै आइएसो ९००१ ः २००८ गुणस्तर प्रमाण चिन्ह प्रदानसमेत गरिसकेको छ । देशभरका झण्डै दुई हजार असक्त र अपाङ्ग एवं जेहेन्दार विद्यार्थीलाई सम्बन्धित निकायको सिफारीसमा पूर्ण निःशुल्क शिक्षा प्रदान गरिरहेको कार्यक्रम संयोजक तथा मेघाटेक इन्ष्टिच्यूटका सञ्चालक यमलाल खरेलले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -