स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

राष्ट्रपति एवं उपराष्ट्रपतिद्वारा कमलपोखरीमा छठपूजा

सेयर गर्नुहोस

राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ घाटमा आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठीमाताको पूजा आराधना गर्नुभयो ।

राष्ट्रपति भण्डारी कमलपोखरीस्थित छठ घाट निर्माण गरिएको स्थलमा पुग्नुहुँदा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, विभिन्न वडाका अध्यक्षहरु, कमलपोखरी छठ पूजा समाजका पदाधिकारीलगायतले स्वागत गर्नुभएको थियो । कमलपोखरीमा नौ वर्षअघिदेखि छठ पूजा आयोजना गर्न सहयोग गर्नुहुनेहरुलाई राष्ट्रपति भण्डारीले सम्मानसमेत गर्नुभयो ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि कमलपोखरी पुगेर छठीमाताको पूजा आराधना गर्नु भई अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुभयो । यसैबीच पूर्वयुवराज्ञी हिमानी शाहले नागपोखरीमा निर्माण गरिएको छठ घाटमा पूजा आराधना गर्नुभई अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -