स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

छठपर्वले हिमाल, पहाड र तराईलाई जोडेकोछ

सेयर गर्नुहोस

 १६ कात्तिक : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा जातपात वा भूगोलका आधारमा कुनै पनि विभेद हुनु नहुने बताउनुभएको छ ।

छठपर्वको अवसरमा आज हेटौँडाको राप्तीघाटमा आयोजित छठ पूजा कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले धोती र टोपीको भेदभाव अन्त्य भइसकेको धारणा राख्नुभयो । मुख्यमन्त्री पौडेलले छठपर्व नेपालीहरुको साझा पर्वको रूपमा परिणत भएको उल्लेख गर्नुभयो ।

छठपर्वले हिमाल, पहाड र तराईलाई जोडेको उहाँको भनाइ छ । उहाँले छठपर्वको महत्व बढ्दै .गएकाले छठको व्यापकता बढेको बताउनुभयो । अहिले देशमा मनाइने पर्वहरुलाई यसैगरी सबैको साझा बनाउन जरुरी रहेको उहाँको भनाइ थियो । यसलाई जाति विशेष, ठाउँ विशेषमा राख्न नहुने भन्दै सबैको सद्भाव रहनुपर्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -