स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

समृद्धिका लागि सामाजिक, आर्थिक रुपान्तरणः मुख्यमन्त्री पोखरेल

सेयर गर्नुहोस

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुलुकको समृद्धिका लागि सामाजिक एवम आर्थिक रुपान्तरण आवश्यक रहेको बताउनुभएको छ ।

मदन भण्डारी फाउण्डेशन कास्कीद्वारा आज पोखरामा आयोजित ‘समृद्धि र यसका चुनौती’ विषयक विचारगोष्ठीमा उहाँले समाजमा सकारात्मक सोचको खाँचो रहेको औँल्याउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय अभियानलाई सफल बनाउन जनस्तरबाट लाग्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा राजनीतिक अधिकार प्राप्तिका लागि भएको विद्रोहको मानसिकतामा परिवर्तन आउन नसक्दा आर्थिक समृद्धि प्राप्तिका लागि मुख्य चुनौती रहेको उल्लेख गर्दै उहाँले जनतामा सकारात्मक सोचको विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । मुलुकको दिगो विकासका लागि साधारणतर्पm भन्दा पनि पूँजीगत खर्च बढी हुनुपर्ने र त्यसका लागि सङ्घ र स्थानीय सरकारभन्दा प्रदेश सरकार अगाडि रहेको धारणा राख्नुभयो । मुलुकको समृद्धिका लागि तीनै तहका सरकारले वातावरण तयार गरेर जनतालाई उत्पादनसँग जोड्न अपरिहार्य र उत्पादनमा वृद्धि गरी आत्मनिर्भरतातर्फ लाग्नुको विकल्प नरहेको उहाँको भनाइ थियो ।

सङ्घीयतासँगै सिंहदरबारको अधिकार जनताको घर–आँगनमा आएको उल्लेख गर्दै उहाँले तीन तहका सरकारको केही खर्च बढेको भए पनि जनताको खर्च भने घट्दै गएको बताउनुभयो ।

नेकपा स्थायी कमिटी सदस्य एवम फाउण्डेशनका केन्द्रीय सदस्य सोमनाथ अधिकारी प्यासीले कास्की निर्वाचन क्षेत्र नं २ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीले अगाडि सारेका उम्मेदवारलाई विजयी गराउन एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

पार्टीको विचार, सिद्धान्त र सरकारले अगाडि सारेको समृद्धिको अभियानलाई सफल बनाउन एकताबद्ध भएर लाग्न कार्यकर्तालाई निर्देशन दिँदै उहाँले मुलुक र जनताका पक्षमा सरकारले गरेका कामलाई जनस्तरसम्म पु¥याउनुपर्ने बताउनुभयो ।

नेकपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सचिव गोविन्द नेपालीले समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न वर्तमान अवस्थामा देखिएका चुनौतीको सामना गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । फाउण्डेशनको कास्की अध्यक्ष माधव बाँस्तोलाले फाउण्डेशनले जनताको बहुदलीय जनवादलाई व्यवहारमा उतार्ने गरी आप्mना गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -