स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने

सेयर गर्नुहोस

 १६ कात्तिक :उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताउनुभएको छ । धुम्बाराहीमा धन्वन्तरी पार्कको आज उद्घाटन गर्दै उहाँले अहिले अतिक्रमण गरिएका सार्वजनिक जग्गामा बगैँचा, खुला ठाउँ र मनोरञ्जन स्थल बनाइने बताउनुभयो ।

उहाँले सार्वजनिक सम्पत्ति जनताको भएकाले संरक्षणमा जनता जुट्नुपर्नेसमेत बताउनुभयो । “स्थानीय तह र जनता मिलेर अतिक्रमण गरिएका जग्गा खोज्नुपर्दछ”, उहाँले भन्नुभयो, “जनता सक्रिय भएमात्र सम्पत्तिको संरक्षण हुन्छ ।” यसैगरी प्रदेश नं ३ का प्रदेशसभा सदस्य नारायण सिलवालले सार्वजनिक जग्गामा पार्क निर्माण गरेर संरक्षण गर्ने भन्दै धन्वन्तरी पार्क यसैको शुरुआत भएको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले पार्कको स्तरोन्नतिमा सहयोग गर्ने उल्लेख गर्नुभयो । सङ्घीय संरचनामा जाँदा विकासका काममा केही ढिलाइ भएको भन्दै उहाँले अहिले विकासका कामले गति लिएको बताउनुभयो । उक्त पार्क प्रदेश सरकारको बजेट र धुम्बाराही धन्वन्तरी क्लबको करीब रु १२ लाख ५० हजारमा निर्माण गरिएको वडा नं ४ का वडाध्यक्ष मोहन विष्टले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -