स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

यस्तो भयो राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको भाइटीका

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको भाइटीका-Tihar, also known as Deepawali and Yamapanchak
सेयर गर्नुहोस

राष्ट्रपति

काठमाडौँ, १२ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना जेठा भाइ तेजेन्द्र पाण्डे र कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाउनुभएको छ ।

चपलीहाइटस्थित निवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले भाइद्वय पाण्डेलाई टीका लगाउनुभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो । दुबै भाइले यथाशक्य दक्षिणा प्रदान गरेर उहाँसँग आशीर्वाद लिनुभयो ।

त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गर्नुभएको थियो ।

उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना दिदी मनपुरा घर्ती र बहिनी लालपुरा घर्तीवाट यसवर्षको भाइटीका ग्रहण गर्नुभएको छ । भाइटीकाका अवसरमा उहाँले रोल्पास्थित आफ्नै घरमा आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना दिदीबहिनीबाट टीका ग्रहण गर्नुभएको हो ।

टीका लगाइदिएपछि उहाँहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गर्नुभयो । उपराष्ट्रपनि पुनले दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गर्नुभयो ।

उपराष्ट्रपति पुनसँगै उहाँका भाइद्वय भीमप्रकाश पुन र दीपक पुनसमेतले दिदीबहिनीको हातबाट टीका लगाउनुभयो ।

प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीद्वयको हातबाट टीका लगाउनुभएको हो ।

टीका लगाइदिएपछि उहाँहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गर्नुभयो । साथै उहाँहरूले प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिनुभयो ।

प्रधानमन्त्रीले बहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गर्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -