स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

तीन जनाको सामूहिक हत्या : तिहारमा सिङ्गो गाउँ शोकमा

सेयर गर्नुहोस

बैतडी, १२ कात्तिक : सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी नगरपालिका–५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय वीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएपछि सिङ्गो गाउँ शोकमा डुबेको स्थानीय तथा जिल्ला समन्वय समिति उपप्रमुख धनबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो “सबैतिर तिहारको रौनक छ तर यहाँका बोहरा गाउँ भने शोकमा डुबेको छ ।” रोजगारीको लागि भारतको पिथौरागढमा रहेका उनीहरु तीनैजनाको कात्तिक ८ गते पिथौरागढको सिलौल मड भन्ने स्थानमा लिङ्ग काटेर हत्या भएपनि गाउँमा भने कात्तिक १० गते मात्रै खबर प्राप्त भएको थियो ।

हरे बोहरा र बीरा बोहरा सहदोर भाइ हुन् । उनीहरु पिथौरागढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदुरी गर्दै आइरहेका बताइएको छ । बीरा बोहरा तथा हरे बोहराका ७० वर्षीया आमा मनोरी बोहरा गाउँमै बस्दै आएको पुर्चौंडी नगरपालिका–५ का वडाअध्यक्ष नागीसिंह खडायतले जानकारी दिनुभयो । वीरा बोहराका श्रीमती छोराछोरी भने कैलालीको फूलबारीमा बस्दै आएको बताइएको छ । वीरा बोहरा केही महिना अघि मात्रै दाजु भाउजु भेट्ने भनेर पिथौरागढ गएका थिए ।

मृतक हरे बोहराका श्रीमती कीर्रा बोहरा पनि मजदुरीका लागि भारतमै सँगै रहेका भएपनि उनी घटनापश्चात फरार रहेकी छन् । कीर्रा बोहरा भने बझाङ पुगेको खबर प्राप्त भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताउनुभयो । कीर्रा फरार रहेकाले हत्यामा उनको संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमलाई उद्धित गर्दै भारतीय प्रहरीले जनाएको छ । कीर्रा पहिलाको श्रीमान्लाई छोडेर हरे बोहरासँग बिहे गरेको उनका आफन्तले बताएका छन् ।

स्वदेशमै रोजगारी नहुँदा बैतडीका अधिकांश ग्रामीण क्षेत्रका युवा रोजगारीका लागि भारत पस्ने गरेका छन् । रोजगारीको लागि भारत गएका युवा विभिन्न समस्या झेल्दै आएका छन् । हत्या गरिएका तीनै जना मजदुरमध्ये एकजना कासी बोहराको शव आफन्तले बुझेका छन् भने दुई शव अस्पतालमै रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । हत्याको विषयमा भारतीय प्रहरीसँग सहयोग आदानप्रदान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाबारेमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट एकजना प्रहरी सहायक निरीक्षकलाई पिथौरागढ पठाइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -