स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

सरसफाइका लागि देउसीभैलोबाट रकम सङ्कलन

Tihar, also known as Deepawali and Yamapanchak-tihar deusi bhailo
सेयर गर्नुहोस

महोत्तरी, १२ कात्तिक : देउसीभैलो कार्यक्रमबाट जिल्लाकोे सरसफाइ अभियानमा एकै दिनमा रु एक लाख ५० हजारभन्दा बढी सङ्कलन भएको छ । बर्दिवास सरसफाइ तथा फोहरमैला व्यवस्थापन समितिको आयोजनमा सोमबार बर्दिवासचोकमा आयोजित ‘संस्कृति जगेर्नासहित सरसफाइसम्बन्धी देउसीभैलो’ कार्यक्रममा रु एक लाख ५० हजार सङ्कलन भएको हो ।

सङ्कलित रकम बर्दिवासको सरसफाइ अभियानमा खर्चिने भएकोे छ । कार्यक्रममा राष्ट्रिय कलाकार तथा राजनीतिक दलका नेता एवं जनप्रतिनिधिले देउसीभैलोलाई सरसफाइ अभियानसँग जोड्दै ऐक्यबद्धता जनाउनाका साथै बर्दिवासको सरसफाइ अभियान सबैको साझा बनेको बताएका थिए । त्यस अबसरमा कलाकारहरूले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । स्थानीय सरसफाइ तथा फोहरमैला व्यवस्थापन समितिले शुरु गरेको अभियान अहिले नवौँ हप्तामा टेकेको छ ।

नगरको सरसफाइमा सबैलाई सरिक बनाउने उद्देश्यअनुरुप अघि बढ्दै आइएको उक्त समितिका अध्यक्ष चुडामणि पोखरेलले बताउनुभयो ।गत साउन अन्तिम साता सबै पक्षको प्रतिनिधित्व गराएर गठन गरिएको उक्त समितिले नगरमा दैनिक सरसफाइ, अनुगमन र संयोजन गर्दै आएको छ ।

देउसीभैलोमार्फत कर्णाली पहिचान झल्काउँदै

tihar deusi bhailo

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना विभिन्न विभागमार्फत जनताको घरदैलोमा भेटघाटलाई तीव्र पारेको छ । काठमाडौँमा रहेका कर्णालीवासीको उपस्थितिमा दुई दिनदेखि देउसीभैली कार्यक्रममार्फत भेटघाट तथा खास कर्णालीको संस्कृति उजागर गर्ने काम पनि गरिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा सोही दलको कर्णाली सम्पर्क समितिले आयोजना गरेको सो कार्यक्रममा अध्यक्ष दाहालले बेला–बेला हुने यस्ता कार्यक्रमले कर्णालीको परम्परा र संस्कृतिको प्रचारमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । उक्त सम्पर्क समितिका इन्चार्ज सत्य पहाडीले पछाडि परेको कर्णाली क्षेत्रलाई राष्ट्रिय मूल प्रवाहमा समाहित गर्न अध्यक्ष प्रचण्डले निर्वाह गर्नुभएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -