स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

गरीबीमुक्त गण्डकी प्रदेश बनाउँछौँ : मुख्यमन्त्री गुरुङ

prithibi subba, province 4, trending news, hot news, latest news
सेयर गर्नुहोस

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँघरमै स्वरोजगारमूलक व्यवसाय गर्ने प्रशस्त वातावरण तयार भएकाले जाँगर चलाएर इलम गर्न युवालाई आह्वान गर्नुभएको छ ।

पर्वतको फलेवास नगरपालिकाले आयोजना गरेको चियापान तथा दोबिल्ला फलेवास सडकको बाँकी खण्ड कालोपत्र कामको शिलान्यास समारोहमा उहाँले विदेश नगई स्वदेशमै उद्यम गर्न सरकारले प्रोत्साहनको नीति लिएकाले स्वरोजगारमूलक व्यवसाय गर्न आह्वान गर्नुभयो ।

मुख्यमन्त्री गुरुङले जनताकै सुविधाका लागि सङ्घीयतामार्फत प्रदेश सरकार बनेको भन्दै मुख्यमन्त्री गुरुङले कृषि, उद्योग, व्यापार आदि क्षेत्रमा काम गर्न चाहाने जनताका लागि सबै प्रकारको पूर्वाधारको ग्यारेण्टी गरिने दाबी गर्नुभयो ।

“तपाईँहरु विदेशमा गएर होइन, स्वदेशमै व्यवसायिकरूपमा लाग्ने योजना बनाउनुस्”, उहाँले भन्नुभयो, “तपार्इँका लागि आवश्यक पर्ने पूर्वाधार, बजार र आर्थिक स्रोत जुटाइदिने काम सरकारले गर्छ ।” पाँच वर्षभित्र प्रदेशलाई खाद्यान्न आत्मनिर्भर गर्ने उद्देश्यका साथ अगाडि बढेको जानकारी गराउँदै उहाँले गाउँका बाँझो रहेका बारी हरियाली नभएसम्म उद्देश्य पूरा हुन सम्भव नभएको बताउनुभयो ।

यसका लागि प्रदेश सरकारले जमीन करारमा लिएर खेती गर्न सकिने गरी करार खेती ऐन ल्याउने जानकारी पनि मुख्यमन्त्री गुरुङले दिनुभयो । प्रदेशको राजधानी पोखराबाट हरेक स्थानीय तहमा पुग्ने सडक कालोपत्र गर्ने, रणनीतिक महत्वका सडक निर्माण गर्ने र करिडोर र लोकमार्गहरु सम्पन्न गरेर पूर्वाधारमा सबैभन्दा अगाडि बनाउने योजना प्रदेश सरकारको रहेको पनि बताउनुभयो ।

सङ्घीय सांसद पदम गिरीले निर्वाचनको घोषणापत्रमा उल्लेख गरेका ९० प्रतिशत काम पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अर्को निर्वाचनमा आउँदा घोषणापत्र र स्वेतपत्रसहित आउने बताउँदै नेकपाको सरकारले देशलाई समृद्ध बनाएरै छाड्छ भन्नुभयो ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेश सरकारले दुई वर्षभित्रमै सबै घरघरमा धारा, सबै घरमा बिजुली पु¥याउने बताउँदै पूर्वाधारको विकासका लागि पर्याप्त बजेट र कार्यक्रम कार्यान्वयनमा लागेको छ भन्नुभयो । पर्वत जिल्लामा मात्रै सङ्घीय सरकारबाट ११ र प्रदेश सरकारबाट ४१ गरी ५२ सडकमा बजेट विनियोजन भएको बताउँदै उहाँले पर्वत जिल्ला भौतिक पूर्वाधारमा अब्बल बन्छ भन्नुभयो ।

गण्डकी प्रदेशकै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले दोबिल्ला फलेवास सडकको बाँकी खण्ड पनि कालोपत्र भएपछि वर्षौदेखिको योजना र सपना पूरा हुने अवस्था आएको बताउँदै पाँच वर्षमा पर्वतमा ३०० किलोमिटर सडक कालोपत्र गरेरै छाड्ने दाबी गर्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -