स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

प्रदेश मन्त्रिमण्डल विस्तार हुने : मुख्यमन्त्री राई

Latest Nepal News - The Times Of Nepal provides latest news from Nepal and the world. Get all exclusive Breaking News Nepal, current headlines, live news, including hot topics, latest breaking news on business, sports, world and entertainment., serdhan rai, karnali pardes, cm of karnali province
सेयर गर्नुहोस

प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले तिहार र छठपछि मन्त्रिमण्डल विस्तार गरिने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुुरा गर्दै उहाँले ११ सदस्यीय मन्त्रिमण्डल गठन हुने गरी विस्तार गर्ने जानकारी दिनुभयो । मुुख्यमन्त्री राईले सहमतिको आधारमा प्रदेशको राजधानी टुङ्गो लगाएजस्तै नामाकरण पनि सहमतिको आधारमा निर्णय गरिने बताउनुभयो ।

उहाँले आगामी हिउँदे अधिवेशनवाट नामाकरणको टुङ्गोे लगाउनका लागि छलफलको प्रकिया अगाडि बढाइसकेको प्रष्ट पार्नुभयो ।

मुुख्यमन्त्री राईले प्रदेश सरकारले यस क्षेत्रका जनताको आर्थिक समृद्धि र रोजगारीका लागि लगानी सम्मेलन गर्न लागेको जानकारी दिनुभयो । उहाँले प्रदेशमा लगानीको वातावरण बन्दै गएकाले आन्तरिक तथा वाह्य लगानी भित्र्याउनका लागि लगानी सम्मेलन गर्न लागेको प्रष्ट पार्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -