स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

विधेयकले कसैको ‘रोजीरोटी’ मार्दैन : मन्त्री बाँस्कोटा

Gokul Baskota, Minister of Communications
सेयर गर्नुहोस

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया विधेयकले कसैको ‘रोजीरोटी’ नमार्ने बताउनुभएको छ ।

धुलिखेल नगरपालिका–११ पातलेखेतस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा विभिन्न चाडपर्वको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा उहाँले मिडिया विधेयकले कलाकार र बौद्धिक कार्यमा लाग्नेको सिर्जना नमर्ने दाबीसमेत गर्नुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो, “हामीले कसैको रोजीरोटी नमार्ने गरी छलफल गरेका छौँ, तपाईँहरु ढुक्क हुनुहोस्, सरकार किसान र मजदूरको समेत सिर्जना नमर्ने गरी कानून बनाउँछ ।

” उहाँले मिडिया कानूनले उकालो पार गरिकन तेर्सो मार्गमा हिँड्दै संसदीय समितिमा पुगेको बताउनुभयो । “कानून उकालोमा हिँड्दा थोरै ढिला मात्रै भएको हो, अब सजिलैसँग पास हुन्छ ।” मन्त्री बाँस्कोटाले जनतालाई शिरमै राखेर सुख र समृद्धिका बृहत्तर अभियान अघिसारेको बताउनुभयो ।

“हामी हरेक क्षेत्रको सुख र समृद्धिमा मात्रै ध्यान दिइरहेका छौँ, बेइमान गर्नेलाई मात्रै तह लगाउने हो, भट्टामा मान्छे हाल्ने र महिलामाथि अभद्र व्यवहार गर्नेलाई पनि ‘पद’ नभन्ने तपार्इँहरुलाई थाहा नै छ”, उहाँले भन्नुभयो । राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टाचार गर्नेलाई कुनै पनि स्थान नभएकाले मुलुकमा विधि र न्यायको शासन स्थापित हुने उहाँले दोहो¥याउनुभयो ।

मन्त्री बाँस्कोटाले सुख र समृद्धिको सङ्घर्षमा कसैले पनि ज्यान गुमाउनु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सुख र समृद्धि पनि जिलै प्राप्त हुने चिज त हैन, तर यसका लागि बुद्धि र पाखुरा लडाए मात्रै पुग्छ ।” लोकतन्त्रका निम्ति ७० वर्ष बिताएको स्मरण गर्दै उहाँले जनताको सुख र समृद्धिका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उहाँको दाबी थियो ।

मन्त्री बाँस्कोटाले जनताले दिएको भोटको भारीको एकमुष्ट उपहार आउने निर्वाचनका किस्तीमा राखेर दिने बताउनुभयो । “हामी यति ग¥यौँ, यति काम शुरु ग¥यौँ, यति गर्न बाँकी रह्यो भनेर फेरि आउँछौँ, तपाईँहरुले चिन्ता लिनुपर्दैन”, उहाँले भन्नुभयो । युटुबर र फेसबुकले हल्ला गरेर सरकारलाई कुनै फरक नपर्ने उहाँले दाबी गर्नुभयो ।

मन्त्री बाँस्कोटाले छिमेकी देशले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेकाले विकास र समृद्धिको यात्रा कसैले रोकेर नरोकिने बताउनभयो । “आउने चुनावमा पनि जवाफदेहिताको सामथ्र्यसहित इमान्दारीताका साथ आउँछौँ, त्यतिखेर हिसाबकिताब गरौँला”, उहाँले दाबी गर्नुभयो । आफूहरु निदाएर नबसेकाले निर्वाचनका बेला गरेका घोषणापत्र सिरानमा हालेर राख्न र निर्वाचन आएपछि ‘नेतालाई यो खोई त ?’ भनेर प्रश्न गर्न उहाँले आग्रह गर्नुभयो ।

“बिना योजना गत निर्वाचनमा होमिएनौँ, हामी अहिले पनि निदाएर बसेका छैनौँ”, उहाँले थप्नुभयो । उहाँले क्रमशः मुलुक उत्पादन गर्दै आत्मनिर्भर अर्थतन्त्रतर्फ गइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी कृषिमा आधुनिकीकरण गर्दैछौँ, उत्पादनलाई बजारसँग जोड्ने उत्तम विधि तय हुँदैछन् ।” उहाँले धुलिखेल नपा–११ पातलेखेतमा २९८ रोपनी जग्गा लिएर औद्योगिक ग्राम निर्माणको योजना अघि सारिएको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर दोङ, प्रदेशसभा सदस्य चन्द्र लामा, नेकपा प्रदेश सदस्य रामहरि सुवेदी, धुलिखेल नपा उपप्रमुख विमला शर्मा, वडाध्यक्ष विष्णुप्रसाद धितालले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विविध सांस्कृतिक तथा व्यङ्गात्मक प्रस्तुति गरिएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -