आफ्नै स्रोत साधनको प्रयोगले मात्र देश समृद्धः मुख्यमन्त्री गुरुङ

आफ्नै स्रोत साधनको प्रयोगले मात्र देश समृद्धः मुख्यमन्त्री गुरुङ


गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले मुलुकको आफ्नै स्रोत साधनको प्रयोगले मात्र देश समृद्ध हुने बताउनुभएको छ ।

आज बेँसीशहरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी लमजुङले दशैं, तिहार, नेपाल संवत्, छठ, ल्होसारको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । जनताको सहयोग, विश्वास जितेर सरकार अघि बढेमा आफ्नै प्रयासले विकास हुने मुख्यमन्त्री गुरुङको भनाइ थियो ।

Advertisement

उहाँले गण्डकी प्रदेशमा मात्रै करीब ५० प्रतिशत बिजुली उत्पादन गरी जलविद्युत्को विकास गर्न सकिने बताउँदै गण्डकी प्रदेश धेरै कुरामा अगाडि रहेको चर्चा गनुभयोे ।

सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङका इन्चार्ज तथा प्रदेशसभा सदस्य मायनाथ अधिकारीले सरकारले राम्रा काम गर्दा गर्दै पनि नकारात्मक प्रचार भइरहेकाले जनतालाई निराश बनाएकाले यस्ता भ्रमलाई हटाएर अघि बढ्दै समाज परिर्वतन गर्नका लागि सबै दल एकजुट भएर अघि बढ्नुपर्ने विचार राख्नुभयोे ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?