स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

गाँजाखेती नष्ट

सेयर गर्नुहोस

स्थानीय प्रशासनसँगको सहकार्यमा ललितपुरको विभिन्न क्षेत्रमा लगाइएको गाँजाखेती प्रहरीले आज नष्ट गरेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकामा पर्ने लाकुरीभञ्याङ र चापाखर्कको झण्डै ५०० रोपनी क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०० भन्दा बढी प्रहरी परिचालन गरेर गाँजाखेती फाँडी जलाएर नष्ट गरिएको हो ।

गाउँमा पुग्दा पुरुषहरु कोही पनि नभेटिएको जानकारी दिँदै उहाँले सो क्षेत्रमा व्यावसायिक रुपमा गाँजाखेती गरेको पाइएको बताउनुभयो । महिलाले भने बाँदेलले मकै खाने गरेकाले विकल्पको रुपमा गाँजाखेती गरेको प्रतिक्रिया दिएका बताइएको छ ।

कानूनले गाँजाखेतीलाई अवैध मानेको छ । मुलुकका विभिन्न जिल्लाका पहाडी क्षेत्रमा ठूलो मात्रामा गाँजाखेती हुने गरेको छ । प्रहरीले हरेक वर्ष गाँजाखेती फँडानी गर्ने गरिएको भए पनि खेती लगाउने क्रम भने रोकिएको छैन । उनीहरुलाई विकल्प दिनुपर्ने आवज वर्षेनी उठ्दै आएको पनि छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -