स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

अफगान तालिवानलाई चीनको निम्ता

सेयर गर्नुहोस

दोहा, कतार, ६ कात्तिक : अफगानिस्तानको घरेलु बिषयको छलफलका लागि तय गरिएको बेइजिङ सम्मेलनमा सहभागी बन्न चीनले तालिवान प्रतिनिधिलाई आग्रह गरेको छ ।

चीनले मङ्गलबार ‘इन्टरनेशनल इनर्जी एजेन्सी’ (आईईए) को प्रतिनिधिमण्डललाई अफगानिस्तानका राजनीतिक तथा आर्थिक बिषयमा छलफल गर्न निमन्त्रणा गरेको हो । आईईएको नेतृत्व तालिवान नेता मुल्ला बरादार अखुन्दले गर्दे आउनुभएको छ ।

तालिवान समूहका प्रवक्ता जाविहुल्लाले ट्वीटरमार्फत लेख्नुभएको छ, “अखुन्दको नेतृत्वमा तालिवान आईईएको प्रतिनिधिमण्डलले बेइजिङमा हुने सम्मेलनमा सहभागिता जनाउन चीनले निमन्त्रणा दिएको छ । तालिवानसँगको यो भेट उनीहरूसँग यस पहिले मस्को र कतारमा भएका सम्मेलनको निरन्तरता हो ।” उहाँले भन्नुभयो, “बेइजिङमा हुने सम्मेलनमा पुग्ने सवै सहभागी व्यक्तिगत हैसियतमा रहनेछन् र उनीहरूले अफगानिस्तानको राजनीतिक समस्याको समाधानका लागि आफ्ना विचारलाई व्यक्तिगतरूपमा प्रस्तुत गर्नेछन् ।”

यस पहिले बुधबार नै अखुन्द भनिने मुल्ला अब्दुल घानी बरादारसहितका प्रतिनिधिमण्डलले अफगानिस्तानका लागि चिनियाँ विशेष प्रतिनिधि देङ सिचुन तथा कतारका लागि चीनका राजदूतसँग भेट गर्नुभएको थियो ।

भेटमा उनीहरूबीच अफगानिस्तानका बिषयमा चीनमा हुने सम्मेलन र अमेरिका तथा तालिवानबीच भइरहेको शान्तिवार्ताबारे छलफल भएको बताइएको छ । केही महिनापहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक्कासी अमेरिकी प्रतिनिधिमण्डल र अफगानी तालिवान समूहबीच भएको वार्ता रद्द भएको घोषणापछि तालिवान समूहले वार्तामार्फत् शान्ति प्रक्रियामा लान विभिन्न मुलुकहरूसँग पहल गरिरहेको छ ।

तालिवान समूहले पनि वार्ता रद्द भएको अमेरिकी घोषणासँगै आफ्ना गतिविधिलाई सशक्त बनाएको छ । वार्ता रद्दभएसँगै देशका विभिन्न राज्यहरूमा भएका विष्फोटहरूमा परी अफगान सुरक्षाकर्मीसहित सयौँ नागरिकहरूले ज्यान गुमाएका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -