स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

कृषि तालीम केन्द्रको शिलान्यास : १४ महीनामा निर्माण गर्ने लक्ष्य

सेयर गर्नुहोस

चितवनको राप्ती नगरपालिकामा प्रदेशस्तरीय कृषि तालीम केन्द्र स्थापना हुने भएको छ ।

केन्द्रको आज प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले शिलान्यास गर्नुभयो । मन्त्री लामाले प्रदेशका १३ वटै जिल्लालाई समेट्ने गरी निर्माण हुन लागेको तालीम केन्द्रबाट किसानका समस्या समाधान गर्न मद्दत पुग्ने बताउनुभयो ।

रु १० करोड एक लाख ६३ हजारको लागतमा १४ महीनामा केन्द्र निर्माण गर्ने लक्ष्य रहेको मन्त्रालयका प्रवक्ता शरण पाण्डेले जानकारी दिनुभयो । तीन छुट्टाछुट्टै भवन निर्माण गरिने उहाँले बताउनुभयो । केन्द्र निर्माणको ठेक्का किरातेश्वर कन्सट्रक्सन एण्ड ड्रिलिङ कम्पनीलाई दिइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -