पश्चिम दाङ सडक पूर्वाधारमा अगाडि : मुख्यमन्त्री पोख्रेल

पश्चिम दाङ सडक पूर्वाधारमा अगाडि : मुख्यमन्त्री पोख्रेल


प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले पश्चिम दाङ सडक पूर्वाधारमा अगाडि बढिरहेको बताउनुभएको छ । दामोदर सडकअन्तर्गत दङ्गीरण गाउँपालिका वडा नं ३ र ६ जोड्ने पक्की पुलको आज थपगाउँमा उद्घाटन गर्दैै उहाँले विकास निर्माणका कामले सरकारले अघि सारेको समृद्विको यात्रा सार्थक भइरहेको पनि बताउनुभयो । मुख्यमन्त्री पोख्रेलले पुल निर्माणले नागरिकले महत्व पूर्ण सम्पत्ति प्राप्त गर्न सफल भएको र यसलाई सही सदुपयोग गर्न पनि आग्रह गर्नुभयो । पूर्वाधार बनाइसकेपछि त्यसको सही सदुपयोग आवश्यक हुन्छ, जसबाट राज्यले गरेको लगानीलाई सार्थक बनाउने जिम्मेवारी नागरिकको हो मुख्यमन्त्री पोख्रेलले भन्नुभयो । सडक पूर्वाधारबाट हामीले जति धेरै आर्थिक क्रियाकलाप गर्न सक्छौँ त्यति नै राज्यले लगानीको प्रतिफल पाउनसक्ने बताउँदै उहाँले भन्नुभयो, “प्रदेश नं ३ ले कूल गार्हस्थ उत्पादनको ७.७ प्रतिशत वृद्धिदर हासिल गर्नसक्नु समृद्धिको यात्रातर्फउन्मुख हुनु हो । संविधानसभा निर्माणपूर्व नेपालको कूल गार्हस्थ उत्पादन ४ प्रतिशत रहेको र सङ्घीयता कार्यान्वयन भएसँगै ७ प्रतिशत नजिक पुग्नु नेपाल समृद्धिको बाटोमा पुगेको गतिलो उदाहरण हो ।” सातवटै प्रदेशमध्ये प्रदेश नं ५ ले जनताको सहयोग र साथले विकास निर्माणका कार्यमा सबैभन्दा बढी रकम खर्चन सकेको मुख्यमन्त्री पोख्रेलले बताउनुभयो । “जनतामा विपक्षीले निराशाको प्रचार फैलाए पनि निराशा हुनुपर्ने कुनै कारण छैन”, मुख्यमन्त्री पोख्रेलले भन्नुभयो । पश्चिम दाङ विगतमा विकासले पछाडि पारिएको क्षेत्रका रुपमा हेर्ने गरे तापनि वर्तमान अवस्थामा भने विकास निर्माणका कार्यले गति ल्याएको पोख्रेलले बताउनुभयो । पश्चिम दाङ तुलसीपुर सुर्खेत सडकखण्ड कालोपत्र कार्य दुई वर्षभित्र सम्पन्न हुने र त्यसपछि कर्णाली प्रदेशको प्रवेशद्वारका रुपमा पश्चिम दाङको विकास हुने उहाँको भनाइ छ । मुख्यमन्त्री पोख्रेलले थारु राजा दङ्गीशरणलाई आजको पुस्तासम्म चिनाउनका लागि प्रदेश सरकारले दङ्गीशरणको शालीक निर्माण गर्ने तयारी भइरहेको बताउनुभयो । प्रतिनिधिसभा सदस्य सुजिता शाक्यले सरकारले प्रविधि भित्र्याएर गुणस्तरीय कामको शुरुआत गरेको बताउनुभएको थियो । पूर्वाधार विकास कार्यालय दाङका इञ्जिनीयर चन्द्रबहादुर शाहले पुल रु चार करोड ८० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो । दामोदर मार्गअन्तर्गत पुल निर्माण भएसँगै दङ्गीशरण र बबई गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका छ हजार बढी जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुने भएका छन् । समयमै पुल निर्माण सम्पन्न गरेको भन्दै निर्माण व्यवसायी पूर्णबहादुर भण्डारीलाई सम्मान गरेको थियो ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?