फूल खेतीको आकर्षण बढ्दो : अवलोकन गर्न आउनेको चहलपहल बढ्दै

फूल खेतीको आकर्षण बढ्दो : अवलोकन गर्न आउनेको चहलपहल बढ्दै


Flowers

बेझाड, ४ कात्तिक : पाल्पाको रामपुरका दिलबहादुर थापाले शुरु गर्नुभएको व्यावसायिक फूल खेतीतर्फ गाउँका अन्यको समेत आकर्षण बढ्दो छ । फूल खेतीको अवलोकन गर्न आउनेको चहलपहल बढ्दै गएको छ ।

थापाले जग्गा भाडामा लिएर फूल खेती थाल्नुभएको हो । उहाँले तिहार पर्वलाई लक्ष्य गरी मखमलीलगायत फूलखेती शुरु गर्नुभएको छ । रामपुरमा नयाँ व्यवसाय भएकाले फूल खेतीतर्फ अन्यको आकर्षण ह्वात्तै बढेको छ । फूलसम्बन्धी बुटवलमा एक हप्ताको तालीम लिनुभएका थापाले परीक्षणका रुपमा डेढ रोपनी क्षेत्रफलमा फूल लगाउनुभएको हो ।

Advertisement

“अहिले फूल फुल्न थालेको छ, खरिद गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो । नेपालगञ्ज, बुटवललगायत बजारबाट फूलको माग आएको थापा बताउनुहुन्छ । उहाँले पहिलो पटक नेपालगञ्ज बजारमा फूल बिक्रीका लागि पु¥याइसक्नुभएको छ । “परीक्षणका रुपमा थोरै जग्गामा फूल लगाए, माग बढ्दै गएको छ”, उहाँले भन्नुभयो । थापाले मालाको आकार अनुसार प्रतिमाला रु एक सयदेखि रु एक सय ५० सम्म तथा प्रतिकिलो रु तीन सय ५० सम्ममा फूल बिक्री गर्दै आउनुभएको छ । अहिले रामपुर क्षेत्रमा हुने गरेका सभा, समारोह, कार्यक्रमलगायतमा थापाले उत्पादन गरेको फूल बिक्री भइरहेको छ ।

थापाले फूलका बिरुवा समेत उत्पादन गर्दै आउनुभएको छ । उहाँले फूलप्रति बिरुवा रु २० मा बिक्री गर्नुहुन्छ । थापाले रामतुलसी मावि र रामपुर आधारभूत विद्यालयलगायतलाई अनुदानमा फूलका बिरुवा उपलब्ध गराउँदै आउनुभएको छ । रामपुर क्षेत्रमा पछिल्लो समय चाडपर्वमा बजारमा आएका प्लाष्टिकको माला खपत बढ्न थालेको देखेपछि उहाँले फूल खेती शुरु गर्नुभएको हो । “फूल नपाएर प्लाष्टिकका माला किनेर लगाउनुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो । दश वर्ष विदेशमा मजदूरी गरेर फर्किनुभएका थापाले दुई वर्षदेखि गाउँमै तरकारी खेती शुरु गर्नुभएको छ । मखमली र सयपत्री फूललाई विशेष गरी तिहारको मुख्य पहिचानका रुपमा लिने गरिन्छ ।

फूलको महत्वबारे स्थानीयवासीले चासो नदिँदा गाउँघरमा फूल लोप हुने अवस्थामा पुगेको थियो । थापाको फूल खेतीले धेरैको मन जितेको छ । फूलले बजार नपाए रामपुर नगरपालिकाले बजार व्यवस्थापन गर्ने जिम्मा लिएको छ । नगरपालिकाले बजार व्यवस्थापनको जिम्मा लिने भएपछि थापाको हौसला बढेको छ ।

User Avatar
द टाइम्स अफ नेपाल
अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ । “परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL , thetimesofnepal.com

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?