सिमान्तकृत समुदाय समयानुकुल परिवर्तन हुनुपर्छ : मुख्यमन्त्री पौडेल

सिमान्तकृत समुदाय समयानुकुल परिवर्तन हुनुपर्छ : मुख्यमन्त्री पौडेल


प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अत्यन्त सिमान्तकृत माझी समुदाय समयानुकुल परिवर्तन हुनुपर्ने बताउनुभएको छ । ती समुदायले खोला र जालमा मात्र सीमित नभई सांसद, सङ्घसंस्था, कार्यालय तथा खेल क्षेत्रका विभिन्न मञ्चमा समेत आफूहरुलाई उभ्याउनुपर्नेमा उहाँको जोड थियो ।

हरेक जातजाति, वर्ग तथा समुदायका नागरिकले सशक्त भूमिका निर्वाह गरेर देशका हरेक निकायलाई सफल बनाउनुपर्ने उल्लेख गर्दै उहाँले विकास निर्माणको अभियानमा हातेमालो गर्न आग्रह गर्नुभयो । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा शुरु भएको पहिलो राष्ट्रिय माझी गोल्डकप फूटबल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले देशलाई संसारभर चिनाउने सबैभन्दा महत्वपूर्ण माध्यम खेल भएको बताउनुभयो ।

Advertisement

प्रतिनिधिसभाका अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले आफ्नो समुदायलाई माथि उठाउन माझी समुदायले गरेको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । प्रदेश ३ का प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुले खेलको विकासले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।

माझी उत्थान समाजद्वारा मकवानपुरको बकैयामा आयोजित गोल्डकपमा विभिन्न जिल्लाका १७ वटा फूटबल क्लबहरुको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ । गोल्डकपको आजको उद्घाटन्खेलमा मकवानपुरले बारालाई ३–० ले पराजित गरेको छ । मकवानपुरका तर्फबाट अनिल माझी, समित माझी र अरुण माझीले एक एक गोल गरेका थिए भने आजको खेलमा बाराका खेलाडी भगत माझी म्यान अफ द म्याच घोषित भए ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?