स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

चीनले अमेरिकी कृषि उत्पादन खरिदलाई बढाउने

सेयर गर्नुहोस

बेइजिङ, २८ असोज :बेइजिङले अमेरिकी कृषि उत्पादन खरिदलाई वृद्धि गरिसकेको र यसलाई अझ बढाउँदै लैजाने चीनको विदेशमन्त्रालयका प्रवक्ताले बिहीबार बताउनुभएको छ ।

स्थानीय बजारको माग र चिनियाँ कम्पनीहरूको आफ्नै पहलमा उनीहरूले अमेरिकी कृषि सामग्रीहरूको खरिद गरेको र यो बजारकेन्द्रित अवधारणा अनुसार गरिएको हो,” प्रवक्ता केङ सुआङले नियमित पत्रकार भेटघाटमा बताउनुभयो ।

यो बर्ष दुई करोड टन भटमास, सात लाख टन सुगुरको मासु, सात लाख टन ‘सोरघम’ दुई लाख ३० हजार टन गहुँ र दुई लाख २० हजार टन कपास अमेरिकाबाट चीन भित्रिएको केङले बताउनुभयो । उहाँले आगामी दिनमा चीनले अमेरिकी खाद्यान्नजन्य कृषि उत्पादनको आयातलाई बढाउँदै जाने पनि बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -