स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

जनता देश समृद्ध भएको हेर्न चाहन्छन्

सेयर गर्नुहोस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम स्थायी कमिटी सदस्य भीमबहादुर रावलले नेपाली जनताले देश समृद्ध भएको हेर्न चाहेको बताउनुभएको छ ।

नेकपा सुदूरपश्चिम प्रदेशद्वारा आज धनगढीमा विजया दशमी, दिपावली तथा छठ पर्वका अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उहाँले देश समृद्विको दिशातर्फ अगाडि बढेको बताउनुभयो । नेता रावलले नेपाल बहुधार्मिक, बहुभाषिक र बहुजातीय मुलुक भएकाले विभिन्न समुदाय तथा जातजातिले मनाउने जुनसुकै चाडपर्व हाम्रो सांस्कृतिक बगँैचाका फूलबारी जस्तै भएको र हामीले त्यसको संरक्षण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले हरेक समुदायले मनाउने गरेको चाडपर्वले समुदायबीच एक अर्काको एकताको भाव पैदा गर्ने भएकाले यी चाडपर्वको संरक्षण तथा सम्बद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले हरेक चाडपर्वमा विकृतिसमेत रहेकाले त्यसलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो गाउँ, ठाउँ र प्रदेशलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सबै एकमत भएर अघि बढनुपर्ने बताउनुभयो । सबै मिलेर अगाडि बढेमा मात्रै सुदूरपश्चिमको विकास गर्न सकिने उहाँको भनाइ थियो । नेकपाका प्रदेश अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभाका सभामुख, सङ्घीय सांसद, प्रदेश मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -