स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

विद्यालयमा तालाबन्दी

lock, trending news, hot news, latest news
सेयर गर्नुहोस

विद्यालय व्यवस्थापन समितिका असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका– ३ स्थित माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् ।

विद्यालयमा उमेर हद नाघिसकेका व्यक्तिलाई कागजी कीर्ते गरी लेखापालमा सिरहाको भगवान्पुर गाउँपालिका– २ नहरारिगौल निवासी जागेश्वर सिंहलाई नियुक्ति गरेको आरोप लगाउँदै असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले हिजो विद्यालयमा तालाबन्दी गरेका हुन् ।

उमेर हद नाघे पनि सिंहलाई नियुक्ति दिएको भन्दै विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय नथुनी साह र नारायण यादवको नेतृत्वमा स्थानीयले विद्यालयमा तालाबन्दी गरेको स्थानीयले बताएका छन् । विद्यालयको प्रशासन शाखामा गरिएको तालाबन्दीका कारण विद्यालयको प्रशासनिक कामकाज प्रभावित भएको छ ।

यता विद्यालयका प्राधानाध्यापक घुरन यादवले विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार पछिल्लो १५ वर्षदेखि विद्यालयमा कार्यरत सिंहलाई काममा राखिएको बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -