मेलामा खुकुरी प्रहार गर्ने पाँच पक्राउ

मेलामा खुकुरी प्रहार गर्ने पाँच पक्राउ


trending news, latest news, hotnews, popular news, criminal case, corruption search, crime

बाँकेको बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
उक्त गाउँपालिका–२ भौंरीकुनास्थित शिवमन्दिर परिसरमा लागेको पूर्णिमा मेलामा आइतबार राति युवती जिस्क्याएको विषयमा विवाद उत्पन्न भई खुकुरी हानाहान हुँदा सोही ठाउँका नेपाली सेनामा कार्यरत लोकेन्द्र शाही सख्त घाइते हुनुभएको थियो ।

घटनालगत्तै खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा लुकिछिपी बसेका खुकुरी प्रहार गर्ने समूहका पाँच जनालाई पक्राउ गरेको उक्त कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।पक्राउ पर्नेहरुमा मकैबारी निवासी विष्णु रोकाय, सुरेश राना क्षेत्री, पुष्कर राना क्षेत्री, डिलबहादुर राना क्षेत्री र वीरु भन्ने यामबहादुर राना रहेको उहाँले बताउनुभयो । प्रनाउ शाहीका अनुसार घाइते शाहीको भारतको लखनऊमा उपचार भइरहेको र हाल फरार रहेका उक्त घटनामा संग्लन तेजु रोकाय, विश्व रोकाय र दुर्बु रोकायको खोजी तीव्र पारिएको छ ।

Advertisement

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?