तलेजु मन्दिरमा घुइँचो

तलेजु मन्दिरमा घुइँचो


महानवमी पर्व, तलेजु भवानी खुल्ने

काठमाडौँ, २० असोज वर्षमा एक दिन बडादशैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला रहने काठमाडौँ दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिरमा आज बिहानैदेखि ठूलो भीड लागेको छ ।

सर्वसाधारणलाई मन्दिर प्रवेशका लागि इन्द्रचोक र न्यूरोडतर्फबाट गरी दुईतिरबाट लाइन लगाइएको छ भने मन्दिरमा पूजाआजा र बलि दिने क्रम जारी छ । मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर हाल विनाशकारी भूकम्पपछि क्षतिग्रस्त भएपछि पुनःनिर्माणको क्रममा छ । यस क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिर राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् । त्यस क्षेत्रमा अन्य महत्वपूर्ण स्मारक हुन् तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डप रहेका छन्

Advertisement

User Avatar
द टाइम्स अफ नेपाल
अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ । “परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL , thetimesofnepal.com

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?