स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

टीकाका दिन सेनाको निःशुल्क बस सेवा

पर्यटक बसपार्क
सेयर गर्नुहोस

काठमाडौँ, १७ असोज : दशैँको टीकाका दिन नेपाली सेनाले उपत्यकाको विभिन्न सात रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

टीकाका दिन काठमाडौँ उपत्यकाभित्र सार्वजनिक सवारीसाधन न्यून मात्र सञ्चालन हुने भएकाले सैनिक तथा गैरसैनिक व्यक्तिको आवागमनमा सुविधा पु¥याउने उद्देश्यले बस सेवा सञ्चालन गर्न लागिएको हो । सो दिन सेनाले विभिन्न सात रुटमा बस सञ्चालन गर्नेछ । सेनाका बस बिहान, दिउँसो र साँझ सञ्चालनमा आउनेछन् ।

सेनाका मुख्यालय भद्रकालीलाई केन्द्र मानेर ती बस सञ्चालन हुनेछन् । बिहान ८ देखि १०ः३०, दिउँसो १ देखि ३ र साँझ ४ बजेदेखि ६ बजेसम्म निःशुल्क बस सञ्चालनमा आउने नेपाली सेनाले जनाएको छ । भद्रकाली–कालिमाटी–कलङ्की–नागढुङ्गा, भद्रकाली–बल्खु–कीर्तिपुर,भद्रकाली–बानेश्वर–काटेश्वर–गठ्ठाघार–सूर्यविनायक र भद्रकाली–लैनचौर–महाराजगञ्ज–बूढानीलकण्ठसम्म सेनाका बस चल्नेछन् ।

त्यस्तै भद्रकाली–चाबहिल–जोरपाटी–थली–साँखु, भद्रकाली–बानेश्वर–कोटेश्वर–सातदोबाटो–कलङ्की–सीतापाइला–बालाजु–महाराजगन्ज–चाबहिल–गौशाला एयरपोर्ट–तिनकुने–भद्रकाली (चक्रपथ) र भद्रकाली–बानेश्वर–तिनकुने–एयरपोर्ट–गौशाला–चाबहिल–महाराजगञ्ज–बालाजु–सितापाइला–कलङ्की–सातदोबाटो–कोटेश्वर–बानेश्वर हुँदै भद्रकाली (चक्रपथ) रुटमा सेनाको बस चल्नेछन् ।

राष्ट्रपतिले इच्छुकलाई टीका प्रदान गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका दिन टीका ग्रहण गर्न इच्छुक व्यक्तिलाई टीका प्रदान गर्नुहुने भएको छ । राष्ट्रपतिले सो दिन अपराह्न १ देखि २ बजेसम्म टीका ग्रहण गर्न इच्छुक विशिष्ट व्यक्तित्व तथा अपराह्न २ः३० देखि ३ः३० सम्म अन्य व्यक्तिलाई टीका प्रदान गर्नुहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

टीकाको दिन राष्ट्रपति निवास शीतलनिवासको गेट नं १ को ढोका खुला रहने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -