स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

घाइतेलाई आर्थिक सहयोग

सेयर गर्नुहोस

१६ असोज : एम्बुलेन्स दुर्घटनामा परी गम्भीर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ३५ वर्षीय युवराज आचार्यको उपचारका लागि आफन्त तथा छिमेकीले चन्दा सङ्कलन गरेका छन् । आचार्यको उपचारका लागि रु एक लाख ७२ हजार सङ्कलन गरिएको छ ।

असोज २ गते सप्तरीको कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा आचार्य घाइते भएका हुन् । स्थानीयवासी गोपालचन्द्र आचार्य र पत्रकार हरिबोल आचार्यको पहलमा सहयोग रकम सङ्कलन गरिएको हो । उक्त रकम आज घाइतेका आमा चन्द्रकला र श्रीमती जानुकालाई हस्तान्तरण गरिएको छ । विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार गराउँदै आएका आचार्यलाई आर्थिक अभाव भएको छ । टाउकोमा गहिरो चोट लागेका आचार्यको उपचारमा कति खर्च लाग्छ भन्ने अहिलेसम्म यकिन नभएको उनका दाजु झमप्रसाद आचार्यले बताए । अहिलेसम्म झण्डै रु नौ लाख खर्च भइसकेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -