स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

नयाँ चीन स्थापनाको ७० आँै बर्षगाँठ पूरा, भब्य कार्यक्रमसहित स्थापना दिवस मनाइयो

पाठ्यक्रम विकास केन्द्रले नेपाली अङ्ग्रेजी, फ्रान्सेली, रुसी, जर्मन, स्पेनी, चिनियाँ, हिन्दी, जापानी, बङ्गाली, उर्दू, तिब्बती, संस्कृत, ग्रिक, ल्याटिन, अरबी, पर्सियन, हिब्रु, मैथिली, नेवारी, अवधी, भोजपुरी
सेयर गर्नुहोस

बेइजिङ, १४ असोज : जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वर्ष पुगेको अवसरमा मङ्गलबार चीनले देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरी भब्यताका साथ मनाएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालिन नेता माओत्सेतुङको नेतृत्वमा भएको साँस्कृतिक क्रान्ति सफल भएपछि सन् १९४९ अक्टोबर १ मा उहाँले जनवादी गणतन्त्र चीन गठनको घोषणा गर्नुभएको थियो ।

चीनले त्यसयता असाधारण गतिले विकास गरेको छ । बार्षिकोत्सव मनाउन चीनको राजधानी बेइजिङमा पनि ऐतिहासिक ठूलो भनिएको सैन्य परेड सम्पन्न भएको छ ।

बेइजिङमा बार्षिकोत्सवका अवसरमा आयोजित एउटा उद्घाटन सम्बोधनमा चीनका राष्ट्रपति सी चिन पिङले भन्नुभयो, “कुनै पनि शक्तिले चीन र यहाँका जनतालाई अघि बढ्नबाट कहिल्यै पनि रोक्न सक्नेछैन ।” एकतालाई नै चीनको निरन्तर प्रगतिकोे महत्वपूर्ण कारक भएको स्पष्ट देखिएको पनि उहाँले चर्चा गर्नुभयो ।

सी चिन पिङ आधुनिक चीनका माओपछिकै शक्तिशाली नेताका रूपमा उहाँलाई चिनियाँहरूले मान्ने गरेका छन् ।

उहाँले थप्नुभयो, “चीनले ७० वर्ष पार गर्दै नयाँ पाना पल्टाउन लागिरहेको छ । शान्तिपूर्ण विकास तथा सहयोग एवम् साझा विजय भन्ने सिद्धान्त पालना गर्ने चीनले विश्वको शान्ति तथा विकासको लागि अझ उज्ज्वल भविष्य ल्याउने विश्वास विश्व समुदायको रहेको छ ।

कार्यक्रमलाई सफल र भब्यताका साथ सम्पन्न गर्न ट्याङ्कर, क्षेप्यास्त्र प्रक्षेपण गर्ने मिसाइल लन्चर र अन्य सैनिक सामग्रीसहित १५ हजार सैनिकहरू मध्यबेइजिङको तियानआन्मेन स्क्वाएरमा भेला भएका थिए भने देशैभर ठूलाठूला कार्यक्रमहरू गरिएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -