स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

दीर्घकालीन पूर्वाधारमा जोड दिऔँ

सेयर गर्नुहोस

१४ असोज : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नगर वा प्रदेशको विकास गर्दा अब दीर्घकालीन सोच राखेर पूर्वाधार खडा गरिनुपर्ने बताउनुभएको छ । उहाँले सडक, पुलपुलेसा, शैक्षिक, धार्मिक र शहरी क्षेत्रको विकासका लागि दीर्घकालीन योजना लिएर मात्रै गर्नुपर्ने बताउनुभयो ।

घोराही उपमहानगरपालिकाले आज घोराहीमा आयोजना गरेको नगरको एकीकृत शहरी विकास योजनाको कार्याशाला गोष्ठीमा मुख्यमन्त्री पोखरेलले पछिल्ला पुस्तामा र बढ्ने जनसङ्ख्यालाई आधार मानेर सबै क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो । ‘योजना तर्जुमा दीर्घकालीन हुनुपर्छ ।’ उहाँले भन्नुभयो, ‘भविष्यलाई ख्याल गरेर सडक सञ्जाल, व्यवस्थित बस्ती विकास हुनुपर्छ ।’ मुख्यमन्त्री पोखरेलले अबको विकास जनताको जीवनस्तर सुधार हुने किसिमले हुनुपर्ने पनि बताउनुभयो । अधिकांश जनता जोडिएको कृषिलाई अब देशको अर्थतन्त्रसँग जोडेर विकास गरिनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य अनिता देवकोटाले विकासको मूल आधार सडक सञ्जाललाई पहाड र तराईसँग जोड्नुपर्ने, दाङमा अन्तर्राष्ट्रिय विमानस्थल अनिवार्य आवश्यकता रहेको हुदाँ त्यसलाई स्थानीयस्तरबाटै माग आउनुपर्ने बताउनुभयो । साथै उहाँले घोराही उपमहानगरपालिकालाई साझा सम्पत्ति जोगाइ राख्न आग्रह गर्नुभयो । नगरको योजना तर्जुमा कार्यक्रममा जिल्लाका विभिन्न दलका प्रतिनिधि, नागरिक समाज, उद्योग व्यवसायी, सङ्घसंस्थाको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -