स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

४९६ को निःशुल्क स्वास्थ्य उपचार

सेयर गर्नुहोस

१२ असोज :गोरखाको भीमसेन थापा गाउँपालिका– ७ बोर्लाङमा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ४९६ ले स्वास्थ्य उपचार गराएका छन् । वडा कार्यालय र बरदान हस्पिटल गोरखाको संयुक्त आयोजनामा शनिबार भएको शिविरमा महिलाको पाठेघर, अन्य बिरामीको फोक्सो, कलेजो, आँखा जाँच, उच्च रक्तचाप जाँचलगायतका स्वास्थ्य सेवा प्रदान गरिएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

नागरिकमा स्वास्थ्य उपचारको सहज पहुँच पु¥याउन वडा कार्यालयले पटक–पटक शिविरको आयोजना गर्दै आएको उहाँले बताउनुभयो । शिविरमा उपचार सेवा लिएकामध्ये १३० ले भिडियो एक्सरे सेवा, ४९ को निःशुल्क दन्त परीक्षण गराएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । त्यस्तै शिविरमा पाँच गर्भवती महिलाको स्वास्थ्य परीक्षण तथा १८० जनाको ब्लड गु्रपिङ गरिएको थियो ।

शिविरमा आएका अन्यको सामान्य स्वास्थ्य परीक्षणसमेत गरिएकोे थियो । शिविरमा अल्ट्रासोनोलोजिष्ट डा प्रनिस पोखरेल नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य उपचार गरेको हो । गाउँमा चिकित्सक आएर स्वास्थ्य जाँच गर्न पाएपछि स्थानीयवासी खुशी भएका थिए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -