स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

‘आँखा अस्पताल प्रदेशको शान’ – मुख्यमन्त्री

सेयर गर्नुहोस

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिमालय आँखा अस्पताल प्रदेशको शान भएको बताउनुभएको छ । नेपाल नेत्रज्योति सङ्घको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले सरकारको पर्याप्त सहयोगबिना आफ्नै स्रोतसाधनको उचित व्यवस्थापन गरेर गुणात्मक सेवा प्रवाह गर्ने उक्त आँखा अस्पताल प्रदेशकै एक नमूना संस्था भएको बताउनुभयो ।

आर्थिक अनुशासन र सामाजिक उत्तरदायित्वको भावना भए उपलब्धि हासिल गर्न सकिन्छ भन्ने सन्देश हिमालय आँखा अस्पताले दिएको उहाँको भनाइ थियो । उहाँले राज्य संरचनामा अझै पनि पुरानो संस्कार हाबी भएकाले परिवर्तन गर्न कठिन भएको बताउनुभयो ।

उहाँले विचार परिवर्तन भए मात्र संरचना परिवर्तन गर्न सकिने धारणा राख्नुभयो । मुख्यमन्त्री गुरुङले विभिन्न औपचारिक कार्यक्रमको भद्दा प्रणालीले समयको बर्बादी गरेकाले नयाँ र वैज्ञानिक पद्धतिबाट अब कार्यक्रम सञ्चालन गर्नसमेत सुझाव दिनुभयो ।

सङ्घका तदर्थ समितिका संयोजक डा दिलबहादुर क्षेत्रीले अस्पतालको सेवा प्रवाह गुणात्मक हुनुमा व्यवस्थापन पक्ष र चिकित्सक, कर्मचारीमा भएको सेवा भावना रहेको बताउनुभयो । आर्थिक लोभभन्दा सेवालाई प्राथमिकता राखेर सन्तुष्ट हुन सके हरेक कुरा सम्भव हुने उहाँको भनाइ थियो । अस्पतालमा शुरुका दिनमा नेदरल्याण्डको नागरिकको सहयोगबाट सञ्चालित भए पनि पछिल्लो समय आफ्नै स्रोतसाधनको व्यवस्थापनबाट स्थापित भएको जानकारी दिनुभयो ।
उहाँले अस्पतालमा अहिले अन्य उपकरण रहेका र चश्मा लगाउन नपर्ने करीब रु सात करोड पर्ने ‘लेसिक मेसिन’ अभाव रहेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट इन्द्रमान महर्जनले गुणात्मक सेवा प्रवाह गर्दै आएको अस्पतालमा आर्थिक पारदर्शिता र अस्पतालका सम्पूर्णको स्वार्थविहीन साझा भावनाले सफलता हासिल भएको बताउनुभयो ।

सङ्घका केन्द्रीय सचिव भरत चन्दले आँखा अस्पताल नमूना अस्पतालमका रुपमा स्थापित भएको वार्षिक रु तीन लाख ५० हजार तराईमा मात्रै आँखाको उपचार गरिएको जानकारी गराउनुभयो । उहाँले नेपालभरि २८ जिल्लामा र १८ हस्पिटल तथा अन्य ठाउँमा आइ केयर सेन्टरबाट सेवा दिएको जानकारी गराउनुभयो ।

सङ्घका केन्द्रीय उपाध्यक्ष डा चेतराज पन्तले परनिर्भरताबाट मुक्त एक मात्र अस्पताल भएको बताउनुभयो । उहाँले सेवा गर्ने र सेवा दिने जनशक्ति उत्पादनमा पनि अस्पतालको योगदान रहेको बताउनुभयो । नवलपुर शाखाका अध्यक्ष जीवन श्रेष्ठ, सङ्घका सल्लाहकार अधिवक्ता हरिप्रसाद शर्मा, सङ्घका कोषाध्यक्ष ज्ञानबहादुर कार्कीेलगायतले नेत्रज्योति सङ्घको स्थापनादेखि हालसम्मका उपलब्धिका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको दोस्रो सत्रले निर्वाचन प्रक्रियाबाट प्रदेशको नयाँ कार्यसमिति चयन सङ्घका जिल्ला अध्यक्ष कुष्ण गुरुङले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -